ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाले मंसिर १३ गते गरेको महाधिबेशन प्रतिनिधी छनौटको निर्वाचन बदर गरेको छ । सदरमुकाममा गरिएको चुनाव केन्द्र र प्रदेश कमिटीको निर्देशन र स्थानीय पालिका कमिटीहरुको माग बमोजिम नभएको भन्दै केन्द्रीय संगठन विभागले बदर गरेको हो । मंसिर १३ गते जिल्ला सदरमुकाम ओखलढुंगामा भएको चुनाव स्थानीय तहमै हुनुपर्ने माग राख्दै करिब ५० प्रतिशत उम्मेदवारले चुनाव बहिष्कार गरेका थिए ।
ओखलढुंगा जिल्ला कमिटीलाई एकक्षीय र आफ्नो गुटका नेतालाई मात्र प्रतिनिधी बनाउने उदेश्यले सबैलाई समेट्न नसकेको आरोप चुनाव बहिष्कार टोलीले लगाएका थिए । यता, अधिकाँश समय छलफल र सहमतिका लागि खर्चिएकाले छोटो समयमा पालिकास्तरमा चुनाव गराउन नसकेको जानकारी दिएका छन् । एमाले नेता कार्यकर्ताका अनुसार इश्वर पोखरेल समर्थक ब्यक्तिहरु चुनावमा सहभागी भएका थिए भने केपी ओली समर्थक ब्यक्तिहरुले चुनाव बहिष्कार गरेका थिए ।
केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले हस्ताक्षर गरेको पत्रमार्फत ५ दिनभित्रमा पालिकास्तरमा मतदान गरि प्रतिनिधी छनौट गर्न भनेको छ । जिल्ला कमिटी ओखलढुंगाको अध्यक्षलाई सम्बोधन गरि पठाएको पत्रमा, ‘नेकपा (एमाले) एघारौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटका सम्बन्धमा अपानि- १३ को निर्देशन आम सदस्यहरुको सहजताका लागि ८ मध्ये ६ वटा पालिका कमिटीहरुको माग बहुसंख्यक उम्मेदवारहरुको असहमति प्रदेश कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेत अवज्ञा गरी सदरमुकाममा सम्पन्न भनिएको त्यस जिल्लाको प्रतिनिधी निर्वाचन स्वीकार गर्न सकिएन । तसर्थ प्रभावकारी माध्यामबाट सबै सदस्यलाई सुचना संप्रेषण गरी पालिकास्तरमा नै मतदान केन्द्रको ब्यवस्थापन गरी पाँच दिन भित्र पुनः निर्वाचन गर्न निर्देशन गरिन्छ ।’
चुनावको आवश्यक समन्वय र सहजीकरणका लागि कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई जिम्मेवारी तोकीएको पत्रमा उल्लेख गरिएको छ । ओखलपढुंगा जिल्लामा खुल्ला, महिला, दलित युवा गरी जम्मा १२ जना महाधिवेशन प्रतिनिधी छनौट हुनेछ । मंसिर १३ गते सदरमुकाममा भएको चुनावमा प्रतिनिधीका लागि ४१ जनाको उम्मेदवारी परेकोमा २० जना उम्मेदवारले चुनाव बहिष्कार गरेका थिए । नेकपा एमाले ओखलढुंगा जिल्लाभरी ७ हजार १ सय ३५जना मतदाता (संगठीत सदस्य) रहेका छन् । १३ गते भएको चुनावमा १ हजार ५ सय १८ जना मतदाताले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ । खसेको मत जम्मा मतदाता संख्याको २१.२७ प्रतिशत मात्र भएको निर्वाचन समितिले जानकारी दिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच