काठमाडौं । मधेस प्रदेशको रौतहट जिल्लामा च्याउ उत्पादनका लागि ल्याइएको पराल प्रहरीले ओभरलोडको नाममा रोकिदिएपछि किसानहरू आन्दोलित भएका छन् ।
रौतहटको पतलैया क्षेत्रबाट चन्द्रनिगापुरसम्म पराल बोकेका एक सय ५० भन्दा बढी ट्रक रोकेपछि च्याउ उत्पादक किसान आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा च्याउ उत्पादक किसान संघ नेपालका महासचिव विकास रिमालका साथै संघका अध्यक्ष सन्तोष कार्की, उपाध्यक्ष रविन्द्र श्रेष्ठ, सचिव रमेश सापकोटा, कोषाध्यक्ष विनोद पौडेललगायतको पनि सहभागिता रहेको छ ।
उनीहरूले प्रहरीको उक्त कदमले कृषकलाई समस्या भएको र च्याउ उत्पादनमा प्रतिकूल असर पर्ने बताउँदै छिट्टै समस्या समाधान गर्न माग गरेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच