काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिकोत्सवका अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ । कम्पनीले आफ्नो स्थापनाको ३२औँ वार्षिकोत्सवका अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिकरूपमा चलचित्र हेरेको हो । चलचित्रमा नेपालको सामाजिक परिवेश र घर–घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीकी मानव संसाधन व्यवस्थापन विभाग प्रमुख सृष्टिना मानन्धरले भन्नुभयो, ‘वार्षिकोत्सवका अवसरमा सबै कर्मचारी एकसाथ बसेर चलचित्र हेर्नु आफैंमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो, सामूहिकरूपमा चलचित्र हेर्दा आफ्नोपन र पारिवारिक माहोल बनेको लाग्यो, यसले कर्मचारीमा पनि सहयोग र समन्वय गर्ने भावना विकासमा सहयोग पुग्छ ।’ चलचित्र हेरेर भावुक बनेपछि कम्पनीकी सहायक कर्मचारी रूपा देउलाले भन्नुभयो, ‘अहिलेको समयमा नेपाली समाजलाई यस्तै सन्देशमूलक चलचित्र चाहिएको छ, आफ्नै घरको कथा भने जस्तै लाग्यो, कलाकारको अभिनय त झनै उत्कृष्ट छ ।’ जेनरल सर्भिस डिपार्टमेन्ट लजिस्टिकका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनय र कथाले मन जितेको बताउनुभयो । कर्पोरेट शोमा निर्देशक दीपकप्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि पुग्नुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच