कालीकाेट । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसमा आगामी नेतृत्वको चर्चा सुरु भएको छ ।
सभापति पदका लागि डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा .शशाङ्क कोइराला, गगन थापा, कृष्ण प्रसाद सिटौलालगायतका नेताहरुले आफ्नो आन्तरिक तयारी थालेका छन् ।
यसैगरी पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरुले पनि आन्तरिक तयारी तिव्र पारेका छन् । नेपाली कांग्रेसको महामन्त्री पदमा भने युवा नेता भुपेन्द्रजङ्ग शाहीले उम्मेदवारी दिने तयारी थाल्नुभएकाे छ । नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री हुँदै २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवारी दिनुभएका शाहीले २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएको थियाे । शाही अघिल्लो १४औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी समेत हुनुहुन्छ ।
संगठनको काममा सधैं खटिरहने र केही न केही नाैलाे कार्य गरिरहने शाही काङ्ग्रेस पार्टीका जुझारु, उर्जाशिल, सिर्जनशील र क्रियाशिल नेतामा पर्नुहुन्छ । पार्टिका विभिन्न अभियान, कार्यक्रम, गाउँ अभियान र जिल्ला दौडाहा गरिरहने चलायमान नेताको छबि बनाउनुभएकाे शाही पार्टीको स्पष्ट बक्ताका रुपमा कसैको पनि गलत निर्णयमा नडराइ कडा प्रश्न गर्ने शसक्त युवा नेता मानिनुहुन्छ । शाही जेनजी आन्दोलनको बेला पनि नडराइ पार्टीको पक्षमा वकालत गर्ने पहिलो नेता हुनुहुन्छ ।
पार्टीकाे अधिकांश नेता जेनजी विद्रोहपछिको बिषम परिस्थितिमा मौन बसिरहेको बेला युवा नेता शाहीले खरो रुपमा देशभर भएको आगजनी र अराजकताको चर्को बिरोध गर्नुभएकाे थियो । उहाँले देशैभर सङ्कटको बखत आपसी मेलमिलाप र एकताको आवश्यक हुने भन्दै पार्टीमा हौसला र भरोसा जगाउने अभिव्यक्ति दिनुभएको थियो ।
पार्टीमा विशेष कि नियमित महाधिवेशन भनेर काठमाडौंमा आन्तरिक लडाइ गरेर नेताहरुले ब्यर्थमा समय खेर फाल्दा युवा नेता शाहीले कालीकोटका गाउँबस्तिहरुमा पुगेर जनता सङ्ग भेटघाट तथा सम्बाद गर्नुभएको थियो । काङ्ग्रेस पार्टी आन्तरिक झमेलामा फसेर राजधानीमै अलमलिरहेको बेला नेता शाहीले गाउँगाउँ पुगेर अहिलेको परिस्थितको बिषयमा जनतालाई जानकारी गराउने, सुसुचित गराउने, पार्टीको स्पस्ट धारणा राखेका उहाँले पार्टी भित्र आफ्नो बैचारिक अडान सधै प्रष्ट राख्दै आउनुभएको छ ।
पछिल्लो समय निर्वाचनको बेला माओवादीसँग गठबन्धन गर्नुहुन्न, एक्लै चुनाव लड्नुपर्छ भनेर खरो आवाज उठाउनुभएका शाहीले पार्टीमा निश्चित मान्छेहरुको हालीमुहाली हुनु र सधैं एउटै मान्छेले मात्रै अवसर पाउनु अन्याय भएको भन्दै सबैलाई न्याय र समान अवसर हुनुपर्ने आवाज उठाइरहनुभएकाे छ ।
पार्टी प्रणालीमा चल्नुपर्ने, नातावादको अन्त्य हुनुपर्ने, सत्ता केन्द्रीत पार्टी नभई जनता केन्द्रीत पार्टी बनाउन पर्ने, पैसा र शक्तिको भरमा नभई नैतिक मुल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।
नेताको वरिपरी घुमेर भजन गाउने भन्दा नेताहरुको गल्ती र कमजोरीमा औंला उठाएर खबरदारी गर्नुपर्ने उहाँको धारणा छ । उहाँले पार्टी सुधार र रुपान्तरणको लागि कडा रुपमा चुनौति दिनुभएका भाषणहरु निकै भाइरल छन् । शाही राजनीति सँगै साहित्य र सामाजिक सेवामा पनि सक्रिय रहँदै आउनुभएको छ ।
कर्णालीमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन लागिपरेका शाहीले पछिल्लाे एक वर्षमा धेरै कार्यक्रम र अभियान चलाउनु भएको छ । शाही अघिल्लो वर्ष २०८० जेठ ११ गतेबाट नेपाली कांग्रेस रुपान्तरण अभियान सञ्चालन गरेर मेचीदेखि महाकालीसम्म संगठन निर्माणको लागि गाउँ जिल्ला सम्म पुग्नुभएकाे थियो ।
शाही कर्णालीमा २०८० चैत्र २ गतेबाट संगठन सुदृढ यात्रा ‘सल्यान कपुरकोटदेखि हुम्ला सिमिकोट’ सम्म कठिन भूगोलमा कर्णालीका गाउँबस्ती पुगेर कांग्रेसमा नयाँ जागरण र नयाँ उर्जा नयाँ भरोसा जगाउने काम गर्दै आउनु भएको छ ।
युवा विशेष भेला २०८० वैशाख २१ गते, रुपान्तरण अभियान जेठ ११ गते, उधमशिलता उत्प्रेरणा सम्मेलन २०८० साउन ३१ गते, युवा विचार सम्मेलन २०८० भदौ २४ गते, महिला विशेष कार्यक्रम २०८० भदौ २९ गते शुभकामना सांगीतिक साँझ २०८० असोज २९ गते, महासमिति मन्थन भेला २०८० फागुन ४ गते, विशेष चियापान फागुन ६ गते, कर्णाली यात्रा २०८० चैत्र २ गते, कर्णाली प्रदेश सुर्खेतमा युवा उद्यमी सम्मेलन २०८१ असार १९ गते, २०८१ भदौ २८ गते ‘नेपाल युथ समिट’ लगायत विविध कार्यक्रम गर्नु भएको थियो । जसमा ५ सयभन्दा बढी विभिन्न विधाका युवाहरुको सहभागितामा भव्य रुपमा सफलतापूर्वक सम्पन्न भएको थियो ।
पछिल्लो समय जेनजीले उठाएका मुद्दा एक बर्ष अगाडि नै २०८१ कार्तिक २३ गते बाट पूर्वकाे मेचिनगर देखि पश्चिम महेन्द्रनगरसम्म युवा सङ्कल्प यात्रा गरेर देशैभरि युवाका एजेन्डा, भ्रस्टाचरको अन्त्य, सुशासन, युवालाइ रोजगारीको ग्यारेन्टी, नागरिकमैत्री सरकार , उधमशिलता र कृषिमा युवालाइ जोडेर अगाडि बढ्न नेता शाहीले सरकारलाइ समयमै ध्यान अकर्षण गर्नुभएको थियो । यसैगरी युवाहरुलाई जोड्न २०८१ माघ ११ र १२ गते कर्णाली युथ फेस्टिवल सुर्खेतमा सम्पन्न गर्नुभएको थियो ।
एक्सन ओरेन्टेड नेताको पहिचान बनाउनुभएका उहाँले गर्नुभएका यी विभिन्न गतिविधिले उहाँको उर्जा, जोसजाँगर, केही गर्ने हुटहुटी, काम गर्न सक्ने क्षमता र योग्यता छ भन्ने पुष्टि भएको काङ्ग्रेस नेताहरु नै बताउँछन् ।
नेपाली कांग्रेसमा आगामी महाधिवेशनको चर्चा सुरु भइरहँदा कांग्रेसको महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो रहेको युवा नेता शाहीले बताउनुभएकाे छ । ‘पार्टी अब पुरानो लय, गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टी भित्रको गुटबन्दी, नातावाद, भागबन्डा, व्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडीबादको राजनीति अन्त्य हुनुपर्छ’ उहाँले भन्नुभयो ।
शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेत लाई गम्भिर ढङगले बुझ्नुपर्ने औंल्याउनु भएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच