काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गाडीमा आक्रमण हुँदा एक अधिकारी र दुई प्रहरीसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बन्नु जिल्लामा भएको थियो ।
जहाँ आक्रमणकारीहरूले गाडीमा आगो लगाउनुअघि गोली चलाएका थिए । जिल्लाका उपमहानिरीक्षक सज्जाद खानकाअनुसार जिल्लाका सहायक आयुक्त रहेका अधिकारी आतंककारीहरू विरुद्धको कुनै सुनुवाइमा अदालतमा उपस्थित हुन जाँदै थिए ।
आक्रमणमा मारिनेहरूमा नजिकैको खेतमा काम गर्ने एक नागरिक पनि रहेको बताउनु भयो । आक्रमणमा दुई प्रहरी पनि घाइते भएका छन् । सुरक्षा बलले क्षेत्रलाई घेराबन्दी गरेको र अपराधीहरूलाई पत्ता लगाउन खोजी अभियान शुरु गरेको छ ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच