काठमाडौं । ग्राहक सेवामा विगत १९ वर्षदेखि सरल र सुरक्षित बैंकिङ पहुँच पुर्याउँदैै आएकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द इयर २०२५ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । युकेस्थित द फाइनान्सियल टाइम्सले डिसेम्बर ३ मा आयोजना गरेको एक कार्यक्रमबीच सिटिजन्स बैंकलाई बैंक अफ द इयर २०२५ को अवार्ड प्रदान गरिएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संयुक्तरूपमा बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द इयर २०२५ को सम्मान ग्रहण गर्नुभएको थियो ।
यसअघि बैंक अफ द इयर २०२४ को अवार्डसमेत बैंकले प्राप्त गरिसकेर लगातार दुईपटक विश्वकै प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ । समारोहमा करिब एक सय २५ भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतका अधिकारीहरू गरी करिब चार सयभन्दा बढीको उपस्थिति थियो ।
बैंक सञ्चालक समिति अध्यक्ष पाण्डेले बैंकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वकै प्रतिष्ठित बैंक अफ द इयर २०२५ को अवार्ड बैंकले प्राप्त गरी लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको र अवार्डबाट आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहकमैत्री आधुनिक बैंकिङ सेवा सुविधा ग्राहकहरूमाझ ल्याउन हौसला मिलेको बताउनुभयो ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृतले अवार्ड प्राप्ति सम्पूर्ण सरोकारवाला निकायहरूको सहयोग एवं कर्मचारीहरूको अहोरात्र मिहिनेतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङका सेवा सुविधामा थप बल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सन् २००२ देखि लगातार बैंकहरूले यस्तो अवार्ड पाउँदै आएका छन् । हाल अस्तित्वमा रहेका नौवटा बैंकले मात्र यो अवार्ड प्राप्त गरेका छन् ।
द फाइनान्सियल टाइम्सले वार्षिकरूपमा विभिन्न देशका बैंकहरूले गर्ने कार्यसम्पादन एवं गतिविधिलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ र सोहीअनुरूप वर्ष २०२५ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरूको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन द बैंकरमार्फत् प्रकाशित हुने गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच