काठमाडौं । १३औं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल’ काठमाडौंमा सुरु हुनेभएको छ । मंसिर २५ देखि २९ गतेसम्म चल्ने पाँच दिने महोत्सवमा यस वर्षको मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको छ । नेपाल–विश्वभरका मानव अधिकार केन्द्रित चलचित्रहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ गरिन लागेको हो । नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका हलहरूमा गरिने महोत्सवमा २६ देशका ५० चलचित्रहरू प्रदर्शन गरिनेछन् ।
महोत्सवमा छानिएका धेरैजसो चलचित्रहरूले कान्स, बर्लिनाले, भेनिस र बुसान जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरू सहभागिता जनाइसकेका छन् । कान्स फिल्म फेष्टिभल २०२५ अन्तर्गत पाल्मे डी ओर (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’ महोत्सवको प्रमुख आकर्षण हो । प्यालेस्टाइन, फ्रान्स र ग्रीसको सह-निर्माणमा बनेको यस फिल्मले बाल्यकालीन रहस्य र आघातलाई लिएर दुई दाजुभाइबीच निम्तिएको गहिरो तनावलाई देखाउँछ । कान्समै प्रिमियर भएको ‘नाभी लीली’ महोत्सवको अर्को आकर्षण हो । चीनको युनान प्रान्तस्थित नौ वर्षीया लिलीको साधारण जीवनमा अचानक एउटा घटनाले ल्याएको क्षतिलाई यस देखाउँछ ।
बजिका भाषामा बनेको पहिलो फिचर फिल्म ‘आजुर’ पनि यस महोत्सवमा देखाइनेछ । यसले ग्रामीण बिहारमा सामाजिक अवरोधहरूको विरुद्धमा विद्यालय जान कटिबद्ध रहेकी सलोनी नामक पात्रमार्फत शिक्षाको महत्वलाई दर्शाउँछ ।
फिचर वृत्तचित्र खण्डमा ‘रेड लाइट टु लाइमलाइट’, ‘सट द भ्वाइस अफ फ्रिडम’लगायत विश्वचर्चित वृत्तचित्र देखाइनेछ । ‘रेड लाइट टु लाइमलाइट’ कोलकाताका यौनकर्मीको दैनिक जीवनलाई पर्दामा उतारेको छ । ती यौनकर्मीका छोराछोरीमा सिनेमा निर्माण सम्बन्धी तालिमले ल्याएको आशा र परिवर्तनलाई यसले देखाएको छ । यो फिल्म ४१औं आईडिए अवाड्र्समा दुई विधामा मनोनित भएको थियो ।
महोत्सव अवधिभर २६ देशका ५० चलचित्र देखाइनेछ । त्यस्तै, विश्वभरका फिल्म निर्देशक, निर्माता, कलाकार मानव अधिकारकर्मीहरूको उपस्थितिमा अन्तक्र्रियात्मक प्यानल छलफल, मास्टरक्लास, फोटो प्रदर्शनी, लाइभपेन्टिङलगायत कार्यक्रम आयोजना गरिने जनाइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच