काठमाडौं । नर्सहरूको लिडरसिपको विकास गर्दै उनीहरूको ब्यक्तित्व निखार्ने उद्देश्यका साथ ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे जानकारी दिएको हो । केही अगाडिदेखि आवेदन खुला भएको प्रतियोगिताको छनौट चरणको अडिसन डिसेम्बर २० गतेबाट हुनेछ ।
एनक्लेकेस् नेपाल मुख्य प्रयोजक रहेका प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् प्रतियोगीताको आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ । अडिशनको समय र भेन्यु भने केही दिनपछि जानकारी दिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका शीर्ष विजेताले नगद एक लाख, थाइल्याण्डमा २०२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वल्र्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्नुका साथै पाँच लाखबराबरको विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।
‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको यो नर्सहरू समभागी हुने स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई विभिन्न प्रशिक्षण दिएर अन्तिम चरणका लागि तयार पारिने आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताउनुभयो ।
अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङलगायत विषयमा प्रशिक्षण दिइने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी गराउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच