एजेन्सी । ‘सैयारा’ स्टार अहान पाण्डे र अनित पड्डा वर्षकै सर्वाधिक लोकप्रिय भारतीय स्टार बन्नुभएको छ । लोकप्रिय फिल्म डाटाबेस वेबसाइट आइएमडीबीले सार्वजनिक गरेको ‘सन् २०२५ का सर्वाधिक लोकप्रिय भारतीय स्टार’ को सूचीमा नव-कलाकार अहान र अनित क्रमशः शीर्ष पहिलो र दोस्रो स्थानमा पर्न सफल हुनुभएको छ ।
आफ्नो पहिलो फिल्मको ऐतिहासिक सफलतासँगै उहाँहरूले आमिर खान र ऋषभ शेट्टीजस्ता दिग्गज कलाकारहरूलाई समेत पछि पार्नुभएको हो । आइएमडीबीका अनुसार विश्वभरका २५ करोडभन्दा बढी मासिक प्रयोगकर्ताको ‘पेज भ्युज’ का आधारमा यो सूची तयार पारिएको हो ।
पहिलो चलचित्रबाटै शीर्ष स्थानमा पर्न सफल भएकोमा अहान र अनितले निर्देशक मोहित सुरीप्रति आभार व्यक्त गर्नुभएको छ । अहानले यसलाई सपना पूरा भएको क्षण बताउँदै दोस्रो चलचित्रमार्फत छिट्टै दर्शकमाझ फर्किने बताउनुभयो । यस्तै, अनितले ‘सैयारा’ ले आफ्नो जीवन नै बदलेको बताउँदै दर्शकको मायाप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । गत जुलाई १८ मा प्रदर्शनमा आएको ‘सैयारा’ ले भारतमा मात्रै ५७० करोड भारू भन्दा बढी कमाइ गरेको थियो।
सूचीको तेस्रो स्थानमा आमिर खान रहनुभएको छ भने ईशान खट्टर चौथो र लक्ष्य पाँचौं स्थानमा हुनुहुन्छ । त्यसैगरी, रश्मिका मन्दना छैटौं, कल्याणी प्रियदर्शन सातौं, तृप्ति डिमरी आठौं, रूक्मिणी वसन्त नवौं र ऋषभ शेट्टी दशौं स्थानमा रहनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच