काठमाडौं । उज्ज्वल बाबुको नेपालीको स्वरमा रहेको गीत ‘फ्यान चल्यो घामको धुपैमा’ सार्वजनिक भएको छ । गायनमा उज्ज्वललाई ‘मेरो भ्वाइस युनिभर्स सिजन २’की प्रतियोगी गायिका जुनु प्रसाईंले साथ दिनुभएको छ । गीतमा शब्द, संगीत र एरेञ्ज बाबुल गिरीको छ ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा उदयराज गिरी र बिना राउतको अभिनयमा छ । गीतमा दुबैलाई रोमान्टिक प्रेम जोडीको रूपमा प्रस्तुत गरिएको छ । मोडल गिरी एनआरएन पोल्याडका २०२५ देखि २०२७ सम्मका लागि महासचिव हुनुहुन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र राकेश दाहालको सम्पादन छ । भिडियोलाई अनुराधा गिरी र मदन प्रसाईंले निर्माण गर्नुभएको हो ।
गायक उज्ज्वल बिगत सात वर्षदेखि भारतमा रहेर निरन्तर संगीतमा क्रियाशील हुनुहुन्छ । उहाँले थुप्रै हिन्दी गीतमा स्वर दिनुभएको छ । भारतमै दुई वर्ष क्लासिकल र प्लेब्याक गायक कोर्ष गर्नुभएका उज्वलले म्युजिक उत्पादन तथा साउन्ड इन्जिनियरिङमा डिप्लोमा पनि गर्नुभएको छ । भारतमै नेपाली डबिङ पनि गर्दै आउनुभएका उहाँ बलिउडका विभिन्न शोसँग आबद्ध पनि हुनुहुन्छ । उहाँको स्वरमा ‘केह दो’, ‘होना था जो’ लगायत करिब आधा दर्जन बलिउड गीत रहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच