काठमाडौं । यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठान गरिएको छ । कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा काजी लिम्बुको कथा लेखन छ ।
चलचित्रको निर्माता सन्तोष न्यौपाने हुनुहुन्छ । रञ्जित रानाको निर्देशनमा बनेको सराज गराच मुख्य भूमिकामा देखिँदैहुनुहुन्छ । चलचित्रमा एसराजसहित ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रूपाखेती, गोविन्द प्रभात, रमेश बुढा मगर, लेखान्त भुसाललगायत कलाकारको अभिनय छ ।
नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने निर्माणटिमले अपेक्षा लिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच