ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरद्वारा लेखिएको देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक गरिएको छ । ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रगानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला)ले गीत सार्वजनिक गर्नुभएको हो । गीतमा प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत छ । दशरथ सुनार निर्देशित भिडियोमा अभिनेता राजेश हमाल, नवप्रवर्तनकर्ता महावीर पुन, समाजसेवी अनुराधा कोइराला, ओलम्पियन दीपक विष्ट, गीतकार महर स्वयं, मिस पबि, अस्तिना महर, अनिमेश महर, सविना तामाङलगायतको अभिनय समावेश गरिएको छ । भिडियोले देश निर्माणबारेको सपना र आशालाई उजागर गर्छ ।
कार्यक्रममा बोल्दै गीतकार महरले कांग्रेस-एमाले नेतृत्वको सरकार गठनकै समयमा गीत लेखिएको जानकारी दिनुभयो । उहाँले देशमा फैलिएको निराशालाई आशामा रूपान्तरण गर्ने उद्देश्यले गीत सिर्जना गरिएको सुनाउनुभयो । आधा दर्जन राजनीतिक तथा शैक्षिक कृति प्रकाशित गरिसक्नुभएका महरको सार्वजनिक यो पहिलो गीत हो ।
गायक प्रमोद खरेलले राजनीति र साहित्य भिन्न विधा भए पनि महरले छानेको बाटो सकारात्मक रहेको बताउनुभयो । गीतले समाजमा आशाको सन्देश फैलाउने अपेक्षा व्यक्त गर्नुभयो ।
वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालले कला, साहित्य र संस्कृति राष्ट्रको पहिचान भएकाले यिनै माध्यमबाट राजनीतिको दिशानिर्देशन हुने उल्लेख गर्नुभयो । गीत, कविता र साहित्यले व्यवस्था परिवर्तनसम्ममा भूमिका खेलेको स्मरण गर्दै प्रा.दाहालले महरको सिर्जनामा मन र मस्तिष्क दुवैको योगदान रहेको बताउनुभयो । गीतकार तथा चिकित्सक डा.भोला रिजालले राजनीतिमा सक्रिय महरको देशभक्तिपूर्ण गीतले उहाँको साहित्यिक परिचयलाई थप सुदृढ बनाउने बताउनुभयो । ‘म पनि देश बन्छ भन्नेमा विश्वास गर्छु’, उहाँले भन्नुभयो ।
राष्ट्रगानका रचयिता राईले लेखक र स्रष्टाले देश र समाजलाई सकारात्मक दिशामा अघि बढाउने संदेशयुक्त सिर्जना आवश्यक रहेको बताउँदै ‘देश बनाउने सोच अभाव भएकै कारणपछि परेको हो’ भन्नुभयो । कार्यक्रममा पूर्वमन्त्री भक्तबहादुर बलायर, ओलम्पियन दीपक विष्ट, देउडा गायक नन्दकृष्ण जोशी, कांग्रेस नेता रामहरि खतिवडा, उर्मिला थपलियालगायतले गीत सफलताको शुभकामना दिनुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच