नेपाली कांग्रेसलाई देशको सबैभन्दा ठूलो एवं पुरानो लोकतान्त्रिक पार्टी मानिन्छ । नेपालमा लोकतन्त्रको स्थापना, पुनः स्थापना र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा यस पार्टीको अग्रणी र नेतृत्वदायी भूमिका रहिआएको छ । लोकतन्त्र र नेपाली कांग्रेसलाई हाम्रो देशमा एक-अर्काको पर्याय भन्दा पनि अतिश्योक्ति नहोला । नेपाली कांग्रेसमा धेरै राम्रा एवं सकारात्मक पक्षहरू अवश्य पनि छन् तर यसका नकारात्मक पक्ष वा कमीकमजोरी छन् । यद्यपि नेपाली कांग्रेसले आफ्नो कमी-कमजोरीलाई पनि आवश्यकता परेको बेला ऊर्जाको रूपमा परिणत गर्दै आएको छ । पार्टीभित्र गुट-उपगुटको कमी कहिल्यै रहेन तर गुटबन्दीका कारण पार्टीै विभाजनको इतिहास धेरै लामो छैन । पार्टी विभाजनका एक-दुई घटना भए पनि पुनः पार्टी एक भएको इतिहास पनि छ ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइराला सम्भवतः यस महाधिवेशनमा पनि पार्टी सभापतिको उम्मेदवार बन्ने निश्चित नै छ । कोइराला परिवारका वरिष्ठ सदस्य रहेका शेखर कोइरालाले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको अति नै विश्वासपात्र भई काम गरिसकेका कारण पार्टी संगठनको बारेमा गहिरो जानकारी राखेका छन् ।
नेपाली कांग्रेसका आउँदो पन्ध्रौं महाधिवेशनले पार्टीभित्रको असन्तोष र असन्तुष्टिलाई कम गरी एकताको सन्देश प्रवाहित गर्ने विश्वास पार्टीका कार्यकर्ता नेता र शुभेच्छुहरूको रहेको छ । जेनजी आन्दोलनताका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भेटिएका स्वदेशी-विदेशी पैसाहरू, महँगो विदेशी रक्सीहरू र भाँडाकुँडाले सावित गरिसकेको छ कि नेपाली कांग्रेसको नेतृत्व कति बढी भ्रष्टाचारी रहेछ । जेनजी आन्दोलनका कारण उमेरको उत्तराद्र्धमा आएर देउवा दम्पती भौतिक आक्रमणको शिकार हुनु हास्यास्पद र दुःखद् हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना अति नै विश्वासपात्र पूर्णबहादुर खड्कालाई पार्टी नेतृत्वको जिम्मेवारी सुम्पेका छन् तर महाधिवेशनमा उनको सक्रिय भूमिका नरहने अनुमान गर्न सकिँदैन ।
सम्भवतः जेन-जी आन्दोलन नभएको भए २०८२ पुसमा पार्टीको राष्ट्रिय महाधिवेशन पनि हुने थिएन, न त आरजु रणा देउवा नै पार्टी नेतृत्वको प्रतिस्पर्धाभन्दा टाढा रहने थिइन । श्रीमती आरजु राणा देउवालाई राम्ररी थाहा छ कि पार्टी नेतृत्वको बागडोर एक पटकका लागि आफ्नो हातबाट गुमिसकेपछि पुनः त्यसलाई प्राप्त गर्न सकिँदैन । नेपाली कांग्रेसमा कुनै जमानामा सुजाता कोइराला पनि निकै प्रभावशाली थिइन्, जब पार्टीको नेतृत्व गिरिजाप्रसाद कोइरालाको हातमा थियो । अचेल उनी कहाँ र कुन अवस्थामा छिन् ? कसैलाई पनि थाहा छैन । शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला महाधिवेशनमा नेतृत्वमा आकांक्षी हुन सक्दछन् । विश्वप्रकाश शर्मा र गगन थापाहरूले निकै कम समयमा आफ्नो सान्दर्भिकता गुमाउने काम गरे । जेन-जी प्रकरणमा उनीहरूले पनि आफ्नो लोकप्रियता गुमाए ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइराला सम्भवतः यस महाधिवेशनमा पनि पार्टी सभापतिको उम्मेदवार बन्ने निश्चित नै छ । कोइराला परिवारका वरिष्ठ सदस्य रहेका शेखर कोइरालाले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको अति नै विश्वासपात्र भई काम गरिसकेका कारण पार्टी संगठनको बारेमा गहिरो जानकारी पनि राखेका छन् । नेपाली कांग्रेसको नेतृत्वका लागि तराई-मधेस चिनेको मान्छे हुनुपर्ने योग्यता पनि उनमा छ । विराटनगर निवासी भएका कारण तराई-मधेसबारे पनि उनलाई गहिरो अध्ययन छ । दोस्रो विशेषता भनेका स्व.मातृकाप्रसाद कोइराला र सुवर्ण शमशेरपछि दक्षिणी छिमेकी भारतसित राम्रो सम्बन्ध राख्ने मान्यताका उनी पक्षधर हुन् ।
स्व.बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले यदाकदा भारतको विरोध अथवा भारतलाई जिस्क्याउने खालका टिप्पणीहरू गरेकै छन् । शेखर कोइरालाले अवश्य पनि सस्तो लोकप्रिताका लागि कसैको समर्थन वा विरोध गर्नुभन्दा देश र जनताको बृहत्तर हितमा उपयोगी परराष्ट्र सम्बन्धको वकालत गर्नुहुनेछ । हुनत यो हाम्रो दुर्भाग्य नै हो कि नेपालका कुनै पनि प्रमुख राजनीतिदलहरूको भारतका प्रमुख राजनीतिक दलहरूसित राम्रो सम्बन्ध रहेको इतिहास छैन । भारतीय राष्ट्रिय कांग्रेसको सम्बन्ध कहिल्यै नेपाली कांग्रेससित बढी सुमधुर र सकारात्मक थिएन । नेपाली कांग्रेसको सम्बन्ध भारतका समाजवादी नेता र दलहरूसित रहिआएको छ ।
भारतमा समाजवादको सिद्धान्तमाथि विश्वास राख्ने नेता र दलहरूको अहिले अभाव छ । यद्यपि त्यहाँ पनि नेपालका राजनीतिक दलहरू जस्तै अनेकौं यस्ता दल छन् जो आफूलाई समाजवादी मानिरहेका छन् । विगत साढे तीन दशकदेखि भारतीय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको भारतीय जनता पार्टीसित नेपालका कुनै पनि राजनीतिक दलको मित्रतापूर्ण अथवा भ्रातृत्वको सम्बन्ध छैन । नेपालका कम्युनिष्ट पार्टीहरूको चीनका कम्युनिष्ट पार्टीसित राम्रो सम्बन्ध छ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरू महिनापिच्छे नै चीन भ्रमणमा जान्छन्, चिनियाँ नेताहरूलाई अतिथिका रूपमा बोलाउँछन् पनि तर नेपाली कांग्रेस भने त्यस्तो गर्दैन । यदाकदा नेपाली कांग्रेसका नेताहरू चीन भ्रमणमा जाने गर्दछन् तर भारतमा त्यस्तो राजनीतिक भ्रमण हुने गरेको पाइँदैन ।
भारतका कम्युनिष्ट पार्टीको पश्चिम बंगाली, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र सिक्किमका खासै प्रभाव नरहेका कारण पनि नेपालका कम्युनिष्ट पार्टी र भारतसितको सम्बन्ध राम्रो छैन । भारत विरोधमा आधारित राष्ट्रवादकै नाराका कारण यहाँका कम्युनिष्टहरू जनताको समर्थन पनि हासिल गरिरहेका छन् । तसर्थ पनि नेपालका कम्युनिष्टहरूले भारतसित राम्रो सम्बन्ध चाहेका छैनन् ।
नेपाली कांग्रेसले पनि अहिले अद्र्धबाम-लोकतान्त्रिक चरित्रलाई बोकी हिँडेका छ । फलस्वरूप पार्टी न त आफ्नो पुरानो सैद्धान्तिक धरातलमा उभिन सकेको छ न त कम्युनिष्ट जस्तो कथित क्रान्तिकारी चरित्रलाई नै आत्मसात गर्न सकेको छ । देशका युवाहरूको प्रतिनिधित्व गर्न पार्टी असफल भएको छ ।
नेपाली कांग्रेसले पनि अहिले अद्र्धबाम-लोकतान्त्रिक चरित्रलाई बोकी हिँडेका छ । फलस्वरूप पार्टी न त आफ्नो पुरानो सैद्धान्तिक धरातलमा उभिन सकेको छ न त कम्युनिष्ट जस्तो कथित क्रान्तिकारी चरित्रलाई नै आत्मसात गर्न सकेको छ । देशका युवाहरूको प्रतिनिधित्व गर्न पार्टी असफल भएको छ । तराई मधेसका पार्टीको जनाधार क्रमिक रूपमा खस्किदो अवस्थामा छ । महेन्द्रनारायणको विरासतलाई बोक्न विमलेन्द्र निधि असमर्थ छन् । अन्यहरूको अवस्थामा पनि फरक छैन । काठमाडौं पनि (पार्टीको केन्द्रित्व) मधेसमा कमजोर (तर वफादार कार्यकर्ता खोजिरहेको छ । नेपाली कांग्रेसको आधारभूमि मधेस रहे पनि पार्टीले कुनै मधेसी नेतालाई अगाडि बढन दिएन । जनजाति नेतालाई पार्टीले बढ्न दिएन, मधेसीलाई कसरी बढन दिन्थ्यो ।
भद्रकाली मिश्र, परशुनारायण चौधरी, बखानसिंह गुरुङ्गहरू यसका उदाहरण हुन् । लौहपुरुष र महान् त्यागी गणेशमान सिंहलाई अन्तिम समयमा पार्टीले समुचित सम्मान गर्न सकेन भने अन्य नेताको के कुुरा ? प्रकाशमान सिंह काठमाडौंबाट पटक-पटक चुनाव जितेर मन्त्री त भए तर पार्टी सभापति बन्न सकेनन्, न त प्रधानमन्त्री नै बन्न सके । जेन-जी आन्दोलनमा सुनियोजित रूपमा उनलाई निशाना बनाइयो । उनले राजनीतिबाट मात्रै पैसा कमाएनन् राजदरबार र राणा परिवारपछि काठमाडौंको धनाढ्य परिवारको रूपमा उनको घरको पहिचान रहिआएको छ । नेपाली कांग्रेसले यस महाधिवेशनमा पनि प्रकाशमान सिंह जस्ता जनजाति र विमलेन्द्र निधि जस्ता मधेसीलाई नेतृत्वको अवसर प्रदान गर्न सम्भावना छैन ।
नेपाली कांग्रेसको आउँदो महाधिवेशनले पार्टीको दिशा र भविष्यको निर्धारण गर्नेछ । पार्टीले जनताको समर्थन र विश्वास जित्न युवा र किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ । पार्टी एक्लैले २०७९ को प्रदर्शन दोहो¥याउन सक्दैन । एमालेसँगको चुनावी गठबन्धनले पार्टीलाई झन् क्षति पुर्याउनेछ । पार्टीले महिला र ज्येष्ठ नागरिकलाई आकर्षित गर्ने नीति बनाउनुपर्छ । अब बीपी, सुवर्ण र गणेशमान सिंहको नाममा भोट माग्ने दिन रहेन ।




लेख राम्रो लाग्यो | तर भारतीय कंग्रेस सित नेपाली कांग्रेसको राम्रो सम्बन्ध रहेन भन्न सकिदैन | बीपीले हजारौं पटक भारत हाम्रो निकटतम मित्रको रुपमा व्यबहार गर्नु भयो | उहाले आफुलाई भारतको सच्चा मित्र भन्न कहिल्यै हिच्किचाउनु भएन | उहाको जोड थियो – मा भारतको घनिष्ट मित्र हुँ तर म भारतको एजेन्ट भने पटक्कै होइन | यसलाई श्रीमननारायणजीले कसरि ग्रहण गर्नु हुन्छ -त्यो उहाको आफ्नो विचार हो | नेपाली कांग्रेस स्थापनाकाल देखी नै मध्यमार्गी रह्यो | यसको अर्थ अर्धकम्युनिष्ट कदापि होइन | आफ्नो स्वार्थ पूर्ति गर्न कम्युनिष्टहरु सित मिलेका कांग्रेसी नेताहरुले स्वाभिमानी कांग्रेसजनलाई हसिया-हथौडामा भोट हाल्न वाध्य गराएका छन् | यस्तो लिङ्ग नछुट्टिने नेतृत्वमा अहिलेका सचेत तरुणहरु समाहित हुन चाहेनन्
, चाहदैनन् |
धन्यवाद ,श्रीमननारायण जी |