नेपाल अहिले अस्थिरताको केन्द्रमा रहनुको पछाडि दूरदर्शी नेतृत्वको अभाव, राजनीतिक अनुसन्धानको अभाव, उचित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न नसक्नु र स्रोतसाधनको प्रभावकारी व्यवस्थापन एवं वितरण गर्न नसक्नु जस्ता कारणले नेपालको अहिलेको अवस्थाको सिर्जना भएको हो । ग्रिक दर्शनिक एरिस्टोटलका अनुसार कुनै पनि घटनाका पछाडि चारवटा कारणहरू मेटरियल कज, फर्मल कज, इफिसेन्ट कज र फाइनल कज रहेका ती कारणलाई बुझ्न नसक्दा कुनै पनि घटनामा ठूलो क्षति पुग्ने गर्दछ । घटनालाई विश्लेषण गर्दै गर्दा त्यो घटनाको चारवटा कारणहरूलाई केलाउन सकिएन भने आगामी घटना रोक्न सकिँदैन । यहाँनेर सवाल उठ्न सक्छ राजनीति के हो र राजनीतिक अनुसन्धान किन आवश्यक छ ? हामीले २००७ सालदेखि जेनजी आन्दोलसम्म आइपुग्दा यी कारणहरूको खोजी गर्न किन सकेनौं ?
राजनीति राज्य सञ्चालनको नीति हो जसले राष्ट्रिय राजनीति, तुलनात्मक राजनीति, राजनीतिक सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेटको हुन्छ, राज्यको शासकीय स्वरूप, संसदीय व्यवस्था, राष्ट्रपतीय व्यवस्था, निर्वाचन, जनताको धारणा, राजनीतिक सहभागिता, स्वार्थ समूह, ऐतिहासिक तथा व्यावहारिक दृष्टिकोण जनताको रक्षा, संविधानको परिमार्जन तथा कार्यन्वयन, मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा नै देशको राजनीति हो । भौगोलिक अखण्डता भनेको चार किल्लाको माटोमात्र नभएर जनता, भाषा, धर्म, संस्कृति, अर्थतन्त्र, सुरक्षा र इतिहास र विचारधारा हो । कुनै देशको राजनीतिमा अन्य देशको राजनीतिक दल, सरकार अन्तर्राष्ट्रिय घटनाक्रम जस्ता विषयले प्रभाव पारेको हुन्छ । नेपालमा हुने हरेक गतिविधिमा विभिन्न देशको घटनाक्रमको प्रभाव रहिआएको छ । हामीले अभ्यास गरिरहेको प्रणाली, हाम्रा सविंधान, नीतिनियम कुनै न कुनै देशको नक्कल गरी तयार गरिएका हुन् ।
नेपाल अहिले समाजिक सञ्जालले चलाए जस्तो देखिन्छ । जनताका आवाजहरू सम्बोधन गर्न अनुसन्धान चाहिन्छ । शिक्षा क्षेत्रमा केही अनुसन्धान भए तापनि राजनीतिक क्षेत्रमा कुनै अनुसन्धान हुन सकेका छैनन् । राजनीतिक दलहरू र उनीहरूका भ्रातृसंगठन केबल कोठे बैठकका सीमित छन् कतिपय त सामाजिक सञ्जालमै सीमित राजनीति गरिरहेका देखिन्छन् ।
कुनै विदेशी संस्थाहरूले तयार गरिदिएका नीतिनियम र संरचनाहरू हाम्रा लागि उपयक्त हुन सक्दैनन् । कुन देशले कस्ता नीतिहरू अवलम्बन गर्दा उनीहरू सफल भएर कसरी सफल भए भन्ने कुराको खोज राजनीति र राजनीतिक अनुसन्धानले गर्नु आवश्यक छ । त्यसैगरी राजनीतिक सिद्धान्त कुनै पनि देशको मुख्य पाटो हो ? नेपालका राजनीतिक दलहरूमा राजीतिक सिद्धान्तको स्पष्टता नभएका कारण उनीहरूले देशलाई विकासभन्दा विनासतर्फ धकेलिरहेका छन् । राजनीतिक एउटा चरित्र सिद्धान्त पनि हो । नेपालका हरेक घटनाहरूमा दलीयकरण भयो तर राजनीतीकरण हुनसकेन ।
न्यायको सिद्धान्त, वैधता वैधानिकताको सिद्धान्त, उदारवाद, पुँजीवाद, समाजवाद, उपयोगितावाद, सामूहिकतावाद, प्रजातन्त्र, आर्दशवाद, यर्थातवाद जस्ता सिद्धान्तहरूमा राजनीति स्पष्ट हुनपर्दछ तर त्यस्तो परिवक्कता नेपाली राजनीतिमा देखिँदैन । एउटै व्याक्ति एउटै पदमा दशकौंसम्म दलको नेतृत्वमा रहने प्रवृतिले देश नै व्यक्तीकरण भएको देखिन्छ । चौथो पक्ष अन्तर्राष्ट्रिय सम्बन्ध हो । नेपालको ढुलमुले परराष्ट्र नीतिले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर बन्दै गएको छ । शक्ति राष्ट्रहरूसँग आफ्ना कुरा राख्न नसक्नु, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो उपस्थिति बलियो बनाउन नसक्दा देश थलापरेको अवस्थामा छ ।
छिमेकीसँग राम्रो सम्बन्ध स्थापित गर्न नसक्ने राजनीतिले देशलाई समृद बनाउन सक्छ भन्ने कुरामा सन्देह छ । देशको अस्तित्व जोगाउने सवालमा अन्तर्राष्ट्रिय सम्बन्ध अन्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अन्तर्राष्ट्रिय सम्बन्ध केवल राजनीतिक सम्बन्धमात्रै होइन, यसले आर्थिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध, रोजगारको सम्बन्ध, व्यापार सम्बन्ध, सुरक्षासम्बन्ध, विज्ञान, प्रविधिको सम्बन्ध र देशबाहिर रहेका आफ्ना नागरिकको सुरक्षाको सवाल पनि हो ।
देशको विकासँग जोडिएको विषय अनुसन्धान हो जुन वैज्ञानिक खोज र प्रयोग हो । देशका राजनीतिक अनुसन्धानमा जबसम्म वैज्ञानिक विधिहरूको प्रयोग गरिँदैन तबसम्म त्यस देशको विकास हुन सक्दैन । नेपाल अहिले समाजिक सञ्जालले चलाए जस्तो देखिन्छ । जनताका आवाजहरू सम्बोधन गर्न अनुसन्धान चाहिन्छ । शिक्षा क्षेत्रमा केही अनुसन्धान भए तापनि राजनीतिक क्षेत्रमा कुनै अनुसन्धान हुनसकेका छैनन् । राजनीतिक दल र उनीहरूका भ्रातृसंगठन केबल कोठे बैठकका सीमित छन् कतिपय त सामाजिक सञ्जालमै सीमित राजनीति गरिरहेका देखिन्छन् । सामाजिक सञ्जालमा बालेकै भरमा तथाकथित विज्ञ कहलाउने प्रवृत्तिको बाढी आएको छ । सञ्चारमाध्यमले समेत त्यस्ता तथाकथित विज्ञहरूलाई स्थान प्रदान गर्दा सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।
आफूलाई विज्ञको परिचय बाँड्दै हिँड्नेहरूले सामाजिक सञ्जालका विभिन्न माध्यममार्फत जनतालाई भ्रम फैलाइरहेका छन् । कुनै पनि व्यक्ति एउटा विषयको विज्ञ हुनसक्छ । त्यसका लागि अनुसन्धान र अध्ययन चाहिन्छ, धरातल बुझेको हुनुपर्दछ । एउटै व्यक्ति हरेक क्षेत्रमा योग्य हुन सक्दैन र त्यो सम्भव छैन । नेपालको सन्दर्भमा एम.फिल-पिएच.डी.तह सबैभन्दा उच्च तह र औपचारिक शिक्षाको अन्तिम तह पनि हो । नेपालमा हाल १५ वटा विश्वविद्यालय सञ्चालनमा रहे तापनि सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत २२ वटा विभागले एम.फिल-पिएच.डी.कार्यक्रम सञ्चालन गरेका छन् । राजनीतिशास्त्र विभागमा एम.फिल. पिएच.डी.तहको तीनवटा ब्याच पूरा गरी चौथो ब्याच सञ्चालनमा रहेको छ ।
ती चारवटा ब्याचमध्ये तेस्रो ब्याच सबैभन्दा उत्कृष्ट छ र एकताबद्ध पनि छ । ३४ जना शोधार्थीहरू रहेको उक्त ब्याचमा यो स्तम्भकारसहित पाँचजना विद्यावारिधिको अध्ययनमा रहेका छन् भने २९ जनाले एम.फिल.को शोधप्रबन्ध तयार गरिहेका छन् । देशको राजनीतिक अनुसन्धानमा तेस्रो ब्याच नै किन ? भन्ने प्रश्नमा केही कारण उल्लेख गर्न चाहन्छु ।
अनुसन्धानमा विज्ञता ः यस ब्याचका केही शोधार्थीहरू अनुसन्धानमा विशेष दखल राख्दछन्, उनीहरू विगत दुई दशकदेखि अनुसन्धानमा आबद्ध छन् । उनीहरू नेपालका विश्वविद्यालयमा मात्रै नभएर विदेशी विश्वविद्यालयमा समेत अध्ययन गर्दै आएका छन् । कतिपय शोधार्थीहरूको दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा आबद्ध रहेका छन् ।
राजनीतिक अनुसन्धान समूहसमेत गठन गरेको यस ब्याचको समन्वय भने सोही ब्याचका दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा अमेरिकी प्रभावको अध्ययन गरिरहेका, एसिया प्यासिफिक युनिभर्सिटी र सुदूरपश्चिम विश्वविद्यालयमा अध्यापन गरिहेका, तथा अंग्रेजी साहित्यमा समेत एम.फिल.पि.एच.डी.गरिरहेका एवं लामो समयदेखि अनुसन्धान र सञ्चारको क्षेत्रमा काम गरिरहेको अनुसन्धानकर्ता यस पंक्तिकारले गरिहेको छ ।
क्षेत्रगत विज्ञता : क्षेत्रगत विज्ञताको हिसाबले नेपालको सुरक्षा निकायको विशिष्ट तह, राजनीतिक दलहरूको उच्च तह, राज्यको नीतिनिर्माणको उच्च तह, भाषाको क्षेत्रमा विज्ञता, अनुसन्धानको क्षेत्रमा विज्ञता, संघीयताको क्षेत्रमा लामो समयको कार्यदक्षता भएका व्यक्तिहरू भएको कारण नेपालको राजनीतिक अनुसन्धानमा यस ब्याचको आवश्यकता छ ।
एकताबद्ध : जुनसुकै विचारधारामा आस्था राख्ने भए पनि राजनीतिक अनुसन्धानको क्षेत्रमा उनीहरू एकताबद्ध छन् । देशको राजनीतिलाई सही मार्गमा ल्याउन उनीहरूले महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्छन् ।
समन्वय : समन्वय पनि राजनीतिक अनुसन्धानको एउटा अंग हो । उनीहरूबीचमा एकदमै राम्रो समन्वय देखिन्छ यो समूहले आफ्नो ३४ जनाको समूहमात्र नभएर दोस्रो ब्याच र चौथो ब्याच एवं अन्य स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग समेत समन्वय गरिरहेका छन् ।
दूरगामी योजना : यो समूहले दुरगामी योजना तयार गरी राजनीतिक अनुसन्धानलाई अगाडि बढाइरहेका छन् । प्रत्येक हप्ता, प्रत्येक महिना र प्रत्येक वर्षको योजना तय गरेका शोधार्थीहरूले उक्त योजनालाई निरन्तर कार्यान्वयनको पक्षमा प्रयास गरेका छन् ।
निरन्तर अध्ययन : यस समूहका सोधार्थीमध्ये केही शोधार्थीले अंग्रेजी साहित्यमा समेत एम.फिल.पिएच.डी.गरिरहेका छन् भने कतिपयले अनुसन्धान, कानुन, समाजशास्त्र, संघीयतामा समेत अध्ययन गरिहेका छन् । यस समूहले ज्ञान प्राप्तिको वैज्ञानिक खोजलाई प्राथमिकता दिएको पाइन्छ । निरतर अध्ययनका लागि यस ब्याचका शोधार्थीहरू क्षेत्र बाँडफाँट गरेर अध्ययन अनुसन्धान गर्ने गर्दछन् । राजनीतिक अनुसन्धान समूहसमेत गठन गरेको यस ब्याचको समन्वय भने सोही ब्याचका दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा अमेरिकी प्रभावको अध्ययन गरिरहेका, एसिया प्यासिफिक युनिभर्सिटी र सुदुरपश्चिम विश्वविद्यालयमा अध्यापन गरिहेका, तथा अंग्रेजी साहित्यमा समेत एम.फिल.पि.एच.डी.गरिरहेका एवं लामो समयदेखि अनुसन्धान र सञ्चारको क्षेत्रमा काम गरिरहेको अनुसन्धानकर्ता यस पंक्तिकारले गरिहेको छ ।
अन्त्यमा, जब कुनै पनि देशमा पर्याप्त मात्रामा अनुसन्धान हुन्छन् तबमात्र त्यस देशका समस्याहरूको पहिचान हुनसक्छ र त्यसले युवाहरूमा आवाजसहितका समस्याको समाधान गर्न एउटा मार्गचित्र तयार गर्दछ । हाम्रो जस्तो राजनीतिक अस्थिरता भएको मुलुकमा अनुसन्धान समूहहरूको आवश्यता छ । उच्चस्तरीय वैज्ञानिक राजनीतिक अनुसन्धानले मात्रै नेपालको राजनीतिक दल रजनताको बीचमा पुल निमाण गरी राजनीतिलाई सही मार्गमा ल्याउन आजको राजनीतिक खडेरीको समयमा तेस्रो ब्याचले सबै क्षेत्रसँग समन्वय गर्दै कठोर कदम उठाउन आवश्यक छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच