काठमाडौँ । ग्रीसमा सुन्तला खेतीमा आकर्षक तलब र कानुनी रोजगारीको प्रलोभनमा परी ४४ नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती काममा लगाउने पाकिस्तानी तस्कर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
‘ड्यानी’ भनेर चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत ती युवालाई स्काला र लाकोनियास्थित खेतमा पठाउने भनी फसाइ आकर्षक तलब, आवास र कानुनी कागजात उपलब्ध गराउने वाचा गरेको थियो। तर, उनीहरू ग्रीस पुगेपछि गोदाममा थुनिएका, बाहिर नजान दिइएका र दैनिक ट्रक र कारमा खेतसम्म लैजाई तलब नदिई जबरजस्ती सुन्तला टिप्न बाध्य पारिएका थिए। गिरोहमा तीन–चार जना अन्य पाकिस्तानी पनि संलग्न रहेको खुलेको छ।
पाकिस्तानी तस्करहरूले नेपाली युवाहरूका यात्रा कागजात खोसेका थिए र हरेकलाई १,५०० युरो भुक्तानी तिर्नुपर्ने धम्की दिँदै मानसिक दबाब दिने गरेका थिए।
गत नोभेम्बर २६ मा मानव बेचबिखनविरुद्धको हटलाइन ११०९ मा सूचना आएपछि आइटोलिकोस र मेसोलोङ्घीका प्रहरीले खोजतलाश गरी उनीहरूलाई गोदाममै फेला पारेको थियो। प्रहरीले घटनामा प्रयोग भएका दुई ट्रक र एक कार पनि बरामद गरेको छ। तीमध्ये एक कार २८ वर्षीय पाकिस्तानीको नाममा दर्ता रहेको र उनलाई पनि पक्राउ प्रक्रिया अघि बढाइएको छ।
पक्राउ परेकामध्ये ग्रीसको ४४ वर्षीय नागरिक समेत रहेका छन् र उनीविरुद्ध पनि मुद्दा दायर हुने तयारी भइरहेको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र