संयुक्त राष्ट्रसंघ । दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् । यस्तो कठिन परिस्थितिमा संयुक्त राष्ट्रसंघले ती देशका सरकारसँग नजिकबाट समन्वय गर्दै राहत तथा उद्धारमा निरन्तर सहयोग गरिरहेको संयुक्त राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टेफान दुजारिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार श्रीलंकामा संयुक्त राष्ट्रसंघ र साझेदार संस्थाले सरकार नेतृत्वको उद्धार र क्षति मूल्यांकनमा सक्रिय साथ दिएका छन् । प्रभावित क्षेत्रमा खाद्यान्न, सरसफाइ सामग्री, भान्सासम्बन्धी आवश्यक सामान, पानीका ट्यांकीलगायतका आपत्कालीन सामग्री पु¥याइएको छ । साथै विस्तृत क्षति मूल्यांकन र प्रारम्भिक पुनः स्थापनाका काम पनि अघि बढाइएका छन् ।
भियतनामका सबैभन्दा बढी प्रभावित क्षेत्रका लागि संयुक्त राष्ट्र आकस्मिक राहत समन्वयकर्ता टम फलेट्चरबाट संयुक्त राष्ट्र आकस्मिक राहत कोषबाट २६ लाख डलर बराबरको रकम छुट्याइएको छ । यस सहयोगले बसोबास, खानेपानी, सरसफाइ र खाद्य सुरक्षासम्बन्धी कार्य मजबुत बनाउनेछ, जसले सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने प्रवक्ताले बताउनुभयो ।
इण्डोनेसियाको आचे क्षेत्र भीषण बाढीले थलिएको अवस्थामा सरकारको नेतृत्वमा भइरहेको राहत कार्यलाई चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद निरन्तर अघि बढाइएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघले स्वास्थ्य, खानेपानी, सरसफाइ व्यवस्थापनमा सरकारसँग समन्वय गरी सहयोग गरिरहेको छ । संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रमा भइरहेको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको र आवश्यकताअनुसार सम्बन्धित देशका सरकारी निकायसँग निरन्तर समन्वय जारी राख्ने जनाएको छ ।
अविरल वर्षा र उष्णकटिबन्धीय चक्रवातका कारण दक्षिण तथा दक्षिणपूर्व एसियाका श्रीलंका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम र मलेसियासहितका देश यस वर्ष दशककै सबैभन्दा ठूलो बाढी-पहिरो प्रकोपबाट प्रभावित बनेका छन् । रासस/सिन्ह्वा






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच