काठमाडौं । चलचित्र ‘तरंग’मार्फत् वरुण अधिकारीले नेपाली चलचित्रमा डेब्यु गर्नुहुने भएको छ । अभिनेता प्रदीपकुमार चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्रमार्फत् वरुण ठूलो पर्दामा आउन लाग्नुभएको हो ।
एक दर्जनभन्दा बढी गीतका भिडियोमा अभिनय गरिसक्नुभएका वरुण चलचित्रमार्फत् दर्शकमाझ प्रस्तुत हुन पाउँदा उत्साहित हुनुहुन्छ । चलचित्रको कथा, पात्र तथा निर्देशकको विश्वासले आफू ‘तरंग’सँग जोडिएको उहाँले बताउनुभयो । ‘मेरो भूमिका शक्तिशाली छ । टिमले देखाएको भरोसा मिहिनेतले उतार्नेछु,’ वरुणले भन्नुभयो ।
चलचित्रको पटकथा पनि निर्देशक चौधरी स्वयंले लेख्नुभएको हो । मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका निर्माता सुजन राई र तर्कराज जोशी रहनुभएको छ । ‘सुपर न्याचुरल लभस्टोरी’ जनरामा तयार भइरहेको ‘तरंग’ को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ ।
यस चलचित्रमा वरुणसँगै रविना केसी, बारत लिम्बू, कृष्ण थापा, सारा राई, उजल राई, उत्तम गुरुङलगायत कलाकारको अभिनय रहनेछ । महेश पौडेलको छायांकन रहने यस चलचित्रका निर्माण नियन्त्रक रिजन परियार हुनुहुन्छ ।
खलनायकका विभिन्न भूमिकाबाट पहिचान बनाउनुभएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध हुनुहुन्छ । उहाँलाई पछिल्लोपटक चलचित्र ‘वरिष्ठ बलराम’ मा देखिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच