काठमाडौं । यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पिआर’ हङकङ-मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । निर्माण पक्षले हङकङ र पोर्चुगलमा प्रदर्शन अधिकार बिक्री गरेको जानकारी दिएको हो ।
चलचित्रका निर्देशक शोभित बस्नेतका अनुसार हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बञ्जाराले किन्नुभएको छ । त्यसैगरी पोर्चुगलका लागि कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले प्रदर्शन अधिकार लिनुभएको छ । अब जापान, अष्ट्रेलिया, न्युजिल्याण्डसँगै हङकङ र पोर्चुगलमा पनि पिआर प्रदर्शन हुनेछ । अन्य देशमा पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भइरहेको निर्देशक बस्नेतले बताउनुभयो ।
चलचित्रको प्रस्तुतकर्तामा रञ्जित साह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट) र सन्तोष तिवारी (क्यारियर्स गेटवे)का अनुसार पछिल्ला दिनमा विदेशबाट आएको माग निकै उच्च रहेको र यसले चलचित्रको अन्तर्राष्ट्रिय आकर्षण बढेको छ ।
यो चलचित्रको एक महिनाअघि अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो गरिएको थियो । उक्त शो हेरेका अधिकांश दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।
चलचित्रमा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा हुनुहुन्छ । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।
यस चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गर्नुभएको छ । बन्दे प्रसादको सम्पादन रहेको यो चलचित्रको कथा गणेश बुढाथोकीले लेख्नुभएको हो ।
चलचित्रलाई सौरभ सायमी र सौरभ लामाले छायांकन गर्नुभएको हो भने कोरियोग्राफी रामजी लामिछानेले गर्नुभएको छ । चलचित्रको गीतमा मानस राजको संगीत, सनुप पौडेल र नितु पुनको स्वर छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको वितरण आरआर फिल्मस्ले गर्दैछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच