काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको शब्द रचना, राजेन्द्र बजगाईंको संगीत र आशिष अविरल तथा एलिना चौहानको स्वरमा रहेको गीत ‘पुतली’ ३० मिलियन (तीन करोड) भ्युज पार गर्न सफल भएको छ । गीतको संगीत संयोजन बलिउडका संगीत संयोजक निषाध चन्द्राले गर्नुभएको छ भने मिक्सिङ र माष्टरिङ गायक आशिष अविरलले नै गर्नुभएको छ ।
गीतको सफलता मनाउन ‘पुतली’ म्युजिक टिमले काठमाडौंको अनामनगरस्थित संगीतकार बजगाईंको ‘म्युजिक किचेन’ स्टुडियोमा केक काटेर बधाई तथा शुभकामना आदान-प्रदान गरेको छ ।
सुनिल विकको निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रदीप लामा र जुना सुन्दास फिचर्ड हुनुहुन्छ । साथै, अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढामगर, सुमित राजवंशीलगायत कलाकारहरूलाई पनि भिडियोमा देख्न सकिन्छ ।
गीतको भिडियोमा शियोन श्रेष्ठको कोरियोग्राफी, अनिल के. मानन्धरको छायांकन, राजु लामाको सह-छायांकन, अविनाश मानन्धरको ड्रोन अपरेटिङ, मिलन विश्वकर्माको कलर तथा प्रवीन भट्टको दृश्य सम्पादन छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच