काठमाडौं । पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘द ब्ल्यु लाइट’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य तीन कलाकार फिचर्ड छन् । सार्वजनिक पोष्टरमा तीन कलाकार रहे पनि केन्द्रमा अभिनेत्री बेनिशा हमाल हुनुहुन्छ । यस्तै, महेश त्रिपाठी र ग्रिस्मा कटुवाल पनि पोष्टरमा हुनुहुन्छ । पोष्टरमा निलो लाइट छ, यो कलरले चलचित्रको नामको टोन दिने प्रयास गरेको छ । पोष्टरले आशा र निराशाबीचको कथा अथवा उतारचढावपूर्ण जिन्दगीको कथा सिनेमाले भन्ने संकेत गरेको छ ।
बलिराम चौहानको निर्देशन रहेको यो चलचित्रको प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी हुनुहुन्छ । यस्तै, चलचित्रको बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहनुभएको छ ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । ‘द ब्ल्यु लाइट’को को-प्रोडुसरका रूपमा रमन ग्रे रहनुभएको छ । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नुभएको हो । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दीलिप पन्त निर्माण नियन्त्रक हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच