कर्ण पौराणिक पात्र हुन् । उनै महाभारतकालीन पात्रलाई विषय बनाएर लेखिएको पुस्तकको नाम हो । कर्ण गीति काव्य हो । यो गणेश ज्ञवालीद्वारा लेखिएको हो । दायित्व बाङ्मय प्रतिष्ठान नेपाल प्रकाशक रहेको पुस्तक डिएमआई साइजमा छ । सर्वाधिकार लेखकमा रहेको पुस्तकको प्रथम संस्करण हो, जुन २०८२ सालमा प्रकाशित भएको छ । ५०१ प्रति छापिएको पुस्तकको ले-आउट दीपेन्द्र बस्नेतको छ भने कभर डिजाइन अनित ज्ञवालीले गरेको पाइन्छ । सूर्योदय छापाखाना हाँडीगाउँ काठमाडौंमा मुद्रण भएको पुस्तकको भूमिका खण्डसहित १२० पृष्ठ छन् भने मूल्य २५१ रुपैयाँ राखिएको छ ।
पुस्तकमा पहेँलो तौलयुक्त कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ तर कतै अशुद्धिहरू भेटिन्छन् । आवरण पृष्ठमा पहेँलो र सुन्तला रङको पृष्ठभूमि छ र माथि ठूला अक्षरमा पुस्तकको शीर्षक ‘कर्ण’ भनेर राखिएको छ भने सँगै विधा छुट्याएर ‘गीतिकाव्य’ भनिएको छ । तल कृतिकारको नाम छ । बीचमा कालो तर अमूर्त रूपमा कर्णको चित्र दिएको छ । त्यसमा माथि निधारमा कवच र कानमा कुण्डलको सङ्केत गरिएको छ, जुन पौराणिककालमा उनमा ती कुरा जन्मजात थिए भनिन्छ ।
यो पुस्तक मझौला आयाममा लेखिएको गीतिकाव्य एकजना महाभारतकालीन पात्र कर्णलाई विषय बनाएर लेखिएको छ, यसमा बाल्यकालदेखिका सम्पूर्ण कुरा उनकै जीवनमा आधारित गरेर समेटिएको छ । कर्ण महाभारतकालमा एकजना पराक्रमी पात्र हुन् । उनी सूर्य र कुन्तीका पुत्र हुन् । उनैलाई विषय बनाएर यो पुस्तक लेखिएको छ ।
शरीरमा कवच र कुण्डल छउन्जेल उनी अभिजय रहने र उनको शरीरबाट ती कवज र कुण्डल हटाउना साथ उनी निर्बल हुने भनिएको कथानुसार कर्णले कौरवको तर्फबाट युद्धमा संलग्नता देखाइरहेको अवस्थामा पाण्डवहरूलाई युद्ध जित्न अप्ठ्यारो पर्ने भएकाले इन्द्रले छल गरी एकजना भिक्षुको रूप धारण गरी उनीसँग वाचाबन्धनमा पारी ती कवज र कुण्डल मागेका थिए । ‘दानवीर’ भनेर चिनिने कर्णले जसले जे मागे पनि दिने उनको वचन अनुसार आफूसँग भएका जन्मजात कवच र कुण्डल उनले ती भिक्षुलाई दिए वास्तवमा ती देवताका राजा इन्द्र थिए । त्यसपछि कर्ण निर्बल बने र पाण्डवलाई कौरवलाई हराउन सजिलो भएको थियो । महाभारतको यही कथामा आधारित रहेर काव्यकार गणेश ज्ञवालीले ‘कर्ण’ शीर्षकको यो गीतिकाव्य रचना गर्नुभएको छ ।
पृष्ठावरणमा फोटोसहित लेखकलाई चिनाइएको छ । यही काव्यबाट उहाँका दुई श्लोक कविता उद्धृत गरिएको छ भने प्राडा.रामप्रसाद ज्ञवालीका र दायित्व प्रकाशनका अध्यक्ष रामप्रसाद पन्तको भनाइलाई उद्धृत गरिएको छ । यही पृष्ठमा प्रकाशक संस्था दायित्व बाङ्मय प्रतिष्ठान नेपालको नाम र लोगो उद्धृत गरिएको छ । भूमिकाखण्डमा सुरुमा समर्पण राखिएको छ जसमा काव्यकारका पिता दिल्लीराम माता कृष्णकला ज्ञवालीको फोटो, जन्म-मृत्युको मिति उल्लेख गरिएको छ ।
प्राडा.रामप्रसाद ज्ञवालीको ‘कवि गणेश ज्ञवाली र हारेर पनि जित्ने काव्य नायक कर्ण’ शीर्षकको निकै लामो भूमिका छ । त्यसपछि दायित्वका अध्यक्ष रामप्रसाद पन्तको ‘कर्णको उचाइ’ शीर्षकको मन्तव्य छ । यसपछि काव्यकारको ‘मेरो भनाइ’ छ । अनि विभिन्न खण्ड वा अध्याय छन्, जसलाई उहाँले ‘बिसाउनी’ भन्नुभएको छ । ११ वटा बिसाउनीसम्म पुगेर यो काव्य टुंगिएको छ । यी विभिन्न बिसौनीमा उनै महाभारतकालीन पात्र कर्णको जीवनकथाको वर्णन गरिएको छ ।
यो मझौला आयाममा लेखिएको गीतिकाव्य एकजना महाभारतकालीन पात्र कर्णलाई विषय बनाएर लेखिएको छ यसमा बाल्यकालदेखिका सम्पूर्ण कुरा उनकै जीवनमा आधारित गरेर समेटिएको छ । कर्ण महाभारतकालमा एकजना पराक्रमी पात्र हुन् । उनी कुन्तीपुत्र हुन् । सूर्य र कुन्तीबाट जन्मिएका भए पनि कुन्तीले कुमारी अवस्थामा जन्माएको छोरो भएका कारण लोकलज्जाले गर्दा उनलाई नदीमा बगाइदिएकी थिइन् । माझीले भेटाएर उनलाई पालनपोषण गरेको हुनाले उनलाई सुतपुत्र मानी युद्धमा संलग्न हुन दिइएन र दुर्बल बनाइयो । यही कथामा यो काव्य आधारित छ काव्यकार ज्ञवालीलाई कृतिका लागि धन्यवाद तथा बधाई । उहाँबाट आगामी दिनमा यस्ता कृति आइरहून्, शुभकामना ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर