भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा सञ्चालन भएको अन्तर विद्यालय खेलकुद प्रतियोगिता-२०८२ सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
यस वर्षको माध्यमिक तह छात्र फुटसलमा युनिटी स्कुल विजेता बनेको छ । ऋतम्भरा पाठशाला द्वितीय, इडेन गार्डेन तृतीय र मदरल्याण्ड स्कुलले सान्त्वना स्थान हासिल गरे । फेयर-प्ले टिम आरक्षण नेसनल स्कुल घोषित भयो । उत्कृष्ट खेलाडी युनिटीका कुमार सुनारी मगर, उत्कृष्ट गोलकिपर ऋतम्भराका आशिष लुईटेल र सर्वाधिक गोलकर्ता इडेनका विपिन खड्का बन्नुभयो ।
आधारभूत तहको छात्र फुटसलमा इडेन गार्डेन स्कुल विजेता, पाथिभरा एकेडेमी द्वितीय, मदरल्याण्ड स्कुल तृतीय र ऋतम्भरा पाठशाला सान्त्वना बने । फेयर-प्ले टिम जागृति विद्या सदन रह्यो । उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता दुवैको उपाधि इडेन गार्डेनका अनिश मगरले पाउनुभयो भने उत्कृष्ट गोलकिपर पाथिभराका मल्लभजंग थापा हुनुभयो ।
माध्यमिक तह छात्रा भलिबलमा ग्लिटर फ्युचर स्कुल विजेता बन्न सफल भयो । ऋतम्भरा पाठशाला द्वितीय, आरक्षण नेसनल एकेडेमी र इडेन गार्डेन स्कुलले तृतीय स्थान बाँडे । फेयर-प्ले टिम मदरल्याण्ड स्कुल घोषित गरियो ।
माध्यमिक तह छात्रा वर्गको व्याडमिन्टनमा आरक्षण नेसनल स्कुलकी सेलेस्टिना कार्की प्रथम हुनुभयो । अभि खत्री (ऋतम्भरा) द्वितीय र प्रतिज्ञा नेपाली (मदरल्याण्ड) तथा सजिना प्रधानांग (पाथीभरा) तृतीय हुनुभयो । छात्रतर्फ, आशिष लुइँटेल (ऋतम्भरा) प्रथम, कृष्टोफ थापामगर (पाथिभरा) द्वितीय, सोहित तामांग (ग्लिटर फ्युचर) र कसम कोइराला (आरक्षण नेसनल) तृतीय फ्बन्नुभयो । व्याडमिन्टनका उदयमान खेलाडी दिप्सन कार्की (इडेन) र ह्यागंसिका राई (जागृति) घोषित हुनुभयो ।
माध्यमिक तह टेबल टेनिसमा पुनः ऋतम्भराका आशिष लुइँटेल विजेता बन्नुभयो । उपविजेता रविन भट्ट (मदरल्याण्ड), र तृतीय समीर पुरी (युनिटी) तथा उज्ज्वल कार्की (जागृति) हुनुभयो । उदयमान खेलाडीको उपाधि इडेनका अभिरल श्रेष्ठले पाउनुभयो ।
कार्यक्रमका संयोजक तथा नेसनल प्याव्सन भक्तपुरका सदस्य अनिश राईले विद्यार्थीको उत्साहपूर्ण सहभागिताले प्रतियोगिता सफल भएको बताउनुभयो । नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले विजेता खेलाडी, सहभागी विद्यालय तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै यस्ता प्रतियोगिता विद्यार्थीको सर्वांगीण विकासमा महŒवपूर्ण रहेको बताउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र