काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्जको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा शुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य एक सय १५ जना अभिकर्ताहरू, सुदूरपश्चिम प्रदेशबाट योग्य एक सय ६१ जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।
कम्पनीका अनुसार प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उद्घाटन गर्नुभएको कार्यक्रममा कर्णाली तथा सुदूरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने ती प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहभागी अभिकर्तालाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच