काठमाडौं । कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीयसहित मुख्य शाखा कार्यालय राखी कारोबार सुरु गर्दै आएको रिलायन्स फाइनान्स कम्पनी १५औँ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले केन्द्रीय कार्यालयसहित न्युरोड, सीतापाइला, इमाडोल, नारायणगढ, महेन्द्रपुल, बेंसीशहर, बनेपा, धादिङबेंसी, चारआली, गोरखा बजार, भैरहवा, मणिग्राम, बुटवल, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरिया, दमक, बिर्तामोड, धुलाबारी र टाँडी शाखा कार्यालय गरी जम्मा २२ वटा शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै, विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य, त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाका लागि सहयोग गरी सामाजिक कार्यमा सहभागिता जनाउनेक्रममा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका ६ गोसाइँस्थानस्थित संस्कृत भाषा निःशुल्करूपमा अध्यापन गराउने नैमिषारण्य संस्कृत गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई स्टेसनरी तथा मसलन्द सामान वितरण गरेको छ ।
कम्पनीले वित्तीय सेवाको अर्को परिभाषा भन्ने नारासाथ ग्राहकलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक ब्याज प्रदान र निक्षेप संकलन गर्दै आएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच