काठमाडौं । वाइफाई नेपालले पारस दाइको मुखमा चौका नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपाल प्रिमियर लिग(एनपिएल) २०२५ को उत्सव मनाउँदै यस्तो अफर घोषणा गरेको हो ।
अफर उच्च गतिको इन्टरनेट सेवा अझ किफायती र मूल्यवान बनाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ । अफरअन्तर्गत दुई सय एमबिपिएस इन्टरनेट प्याकेजको १२ महिनाको सब्स्क्रिप्सन लिने ग्राहकले अतिरिक्त १२ महिना इन्टरनेट पूर्णरूपमा निःशुल्क प्राप्त गर्नेछन् । जसअनुसार ग्राहकले एक वर्षको मूल्यमा दुई वर्षको उच्च गतिको इन्टरनेट सेवा उपयोेग गर्न सक्ने बताइएको छ ।
साथै ग्राहकले नोकिया ५ डुअल–ब्याण्ड राउटर पनि पूर्णरूपमा निःशुल्क पाउनेछन्, जसले इन्टरनेटको गति, कभरेज तथा स्थिरता अझ मजबुत बनाउनेछ । उक्त प्याकेज मात्र ११ हजार सात सय ५० (भ्याटसहित) मा उपलब्ध हुनेछ ।
वाइफाई नेपालले आफ्नो ब्राण्डदूत तथा क्रिकेट आइकन पारस खड्कासहित एनपिएलको उत्साह अझ बढाउने लक्ष्य राखेको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एनपिएल २०२५ को उत्साहलाई साथ दिँदै हाम्रा प्रिय ग्राहकलाई विशेष उपहार दिने हाम्रो प्रयास हो, दुई सय एमबिपिएस इन्टरनेट, निःशुल्क डुअल-ब्याण्ड राउटर र एक वर्ष बोनस सेवासहित हामीले उच्च गुणस्तरको इन्टरनेट अझ किफायती र सबैका लागि सहज बनाएका छौँ ।’ तर, अफर मंसिर २९ सम्म मात्र रहने बताइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच