जुम्ला । जुम्लाको कनकासन्दुरी गाउँपालिका-६ स्थित गोठिज्युला प्रहरी चौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको छ । प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सुविधायुक्त पम्क्की भवन निर्माणभई संचालनमा आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक रबिनबाबू रेग्मीले जानकारी दिनुभयो । उक्त वडाका स्थानीयवासिले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण भएको हो ।
२०६८ सालमा स्थापना भएको प्रहरी चौकी लामो समयपछि पक्की कार्यालयबाट सेवा प्रवाह दिन थालिएको छ । कनकासुन्दरी क्षेत्र तथा रारा जाने पर्यटकको शान्ति सुरक्षा ट्राफिक व्यवस्थापनको काम उक्त प्रहरी चौकीले गर्दै आएको प्रहरी नायब उपरिक्षक रेग्मीले बताउनुभयो ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठले प्रहरीको आन्तरिक स्रोतअन्तर्गत चार करोड बढी लगानीमा सुविधायुक्त भवन निर्माण गरिएको बताउनुभयो ।
गाउँपालिका भित्र प्रहरीको पक्की भवन निर्माण सम्पन्नभइ संचालनमा आएको छ । स्थानीयवासिले निःशुल्क जग्गा प्रदान गरेपछि काम अगाडि बढेको हो । गाउँपालिकाबाट आवश्यक सहयोग सधै गरिने कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ ।
जिल्लाका आठवटै स्थानीय तहमा प्रहरी चौकी १३, अस्थायी प्रहरी चौकी ६ वटा, एक ईलाका प्रशासन, जिल्ला ट्राफिक कार्यालय, कारागार, विमानस्थल लगायत गरी २९ वटा प्रहरी युनिट रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच