मुगु । केही वर्षयता जिल्लाका अधिकांश युवा महिला-पुरुष रोजगार र आम्दानीको खोजीमा भारततर्फ तथा अन्य मुलुक तिर जाने क्रम तीव्र भएको छ ।
गाउँ-बस्तीबाट सक्रिय युवा श्रमशक्ति बाहिरिएपछि स्थानीय बस्तीहरू सुनसान जस्तै हुन थालेका छन् । पछिल्ला समयमा जिल्लामा आर्थिक समस्या बढ्दै जाँदा बेराेजगार नागरिकहरू विकल्पकाे खाेजीमा भारत तथा तेस्राे मुलुक तर्फ पस्न बाध्य भएका हुन् ।
स्थानीय बासिन्दा एवं निवर्तमान वडा अध्यक्ष चक्रबहादुर सावतकाअनुसार गाउँघरमा खेतीपाती, गर्दा हाेस या अन्य सामाजिक गतिविधिमा देखिने चहलपहल अहिले उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ताको विदेश तर्फको आकर्षणले गाउँमा अधिकांस स्कुले बालबालिका र वृद्धवृद्धामात्रै बढी देखिन थालेका छन् ।
युवा पलायनले मुगुका चारओटै स्थानिय तहका विभिन्न गाउँ बस्तीहरूकाे सामुदायिक कामकाजमा समेत असर परेकाे स्थानियले बताएका छन् । वैदेशिक रोजगारीबाट आएको आम्दानीले परिवारको खर्च भने धानिए पनि यसले दीर्घकालीन समस्या समधान नहुने केही स्थानियकाे बुझाई छ ।
जिल्लाबाट सक्रिय जनशक्ति बाहिरिय पछि त्यसकाे प्रत्यक्ष असर ब्यापारमा समेत परेकाे छ । गमगढी बजारमा व्यापार गर्दै आएका ब्यापारीहरू समेत व्यापार नचले पछि बिस्थापित भएका छन् भने गमगढीका अधिकांस ब्यापारिक सटरहरू खाली भएकाे स्थानिय ब्यापारीहरू बताउछन् ।
स्थानीय सरकार र सरोकारवाला निकायहरूले रोजगारीका अवसर गाउँमै सिर्जना गर्नुपर्ने माग बढ्दो छ । सीपमूलक तालिम र कृषिमा प्रोत्साहनको अभावले युवा बाहिरिने क्रम झनै बढेको स्थानिय बासिन्दाले बताएका छन् ।
सरकारले स्थानीय अर्थतन्त्र मजबुत पार्ने तथा गाउँमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन नीति नअपनाए मुगुका गाउँ-टोल अझ सुनसान बन्दै जाने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।
बर्ष भरी गरिएकाे खेतीले बारै महिना नपुग्ने भएपछि दुर्गमका जनताहरूमा आर्थिक अभावले हातमुख जाेर्न र बाल बच्चालाई स्कुल पढाउन , स्वास्थ्य उपचारका साथै भैपरी आउने समस्या टार्न लागि आर्थिक जाेहाे गर्न अधिकान्श युवा छिमेकी देश भारत र केही अन्य मुलुक तिर पस्ने दर पछिल्ला केही बर्षहरूमा हवात्तै बढेकाे छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच