ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताउनुभएको छ ।
शनिवार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । मेयर महर्जनले जेन-जी आन्दोलनको बेला पनि आगलागी लगायतका विपद व्यवस्थापनको काममा आफूहरुले ठूलो सफलता हात पारेको बताउनु भयो ।
उहाँले विपद् व्यवस्थाका लागि आफूहरुले आवश्यक सबै अवयवहरुको व्यवस्थापन एउटै छानामुनि गरेको र त्यसलाई अझ प्रभावकारी बनाउनका लागि छिट्टै थप २ वटा एम्बुलेन्स व्यवस्था गर्न लागिएको जानकारी समेत दिनुभयो । विपद व्यवस्थापनका लागि आफूहरुले दमकल निस्केपछि एम्बुलेन्स पनि सँगै लैजाने व्यवस्था गरिएको पनि मेयर महर्जनले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाले डिआरआर एउटै छानमुनि यसको व्यवस्थापन गरेका छौँ । दमकल, एम्बुलेन्स, शवबाहन, नगर प्रहरी र यसलाई चाहिने सबै कुराहरुको व्यवस्थापन त्यहाँ भित्र भएको छ । र, एक चुटकी बज्ने वित्तिकै नगरप्रहरीहरु गईहाल्छन । दमकल पुग्छ । हामीले एउटा नयाँ अभ्यास पनि गरेका छौँ । दमकल निस्केपछि एम्बुलेन्सले फलो गर्नैपर्छ । सोही सिष्टम हामीले राम्रोसँग चलाएका छौँ । यो भनेको हाम्रो पुल्चोकमा रहेको जुद्ध बारुण यन्त्रबाट हामीले डिआरआर । विपदका सबै अवयवहरुलाई त्यहाँ राखेर हामीले सेवा प्रवाह गरेका छौँ । यसको राम्रो नतिजा भनेको अस्तीको आन्दोलनमा पनि उहाँहरुले सुन्नुभएको होला । महानगरपालिकाले गर्नुपर्ने काममा हामी किञ्चित पनि, कुनैपनि अवस्थामा हामी ब्याक भएका छैनौ । यसलाई अझै सुदृढिकरण गर्दै लैजाने हाम्रो इच्छा छ । यसलाई अझ व्यवस्थित बनाउन हामी निकट भविष्यमै दुई वटा दमकल थप्न गईरहेका छौँ ।’
मेयर महर्जनले ललितपुरको नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउने कामलाई आफूहरुले तिब्रताका साथ अघि बढाएको समेत बताउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच