रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडितका आफन्तले क्षतिपूर्ति माग्दै सडक अवरुद्ध पारेका हुन् ।
चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुलनजिक चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र बिपरित दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
घटनापछि मृतकका परिवार र बस संचालक बीच क्षतिपूर्तीको विषयमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो । बसधनीको तर्फबाट कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखे पछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका हुन् । राजमार्ग बन्दका कारण चन्द्रनिगाहपुर चोकमा सयौं सवारी अलपत्र परेका छन् । मृतकका आफन्त सडकमा टायर बालेर बसेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच