काठमाडाैं । मिराज ढुंगाना नेतृत्व को गरिखान देउ अभियानका एक सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका छन् ।
जेन जीको बलबाट प्रधानमन्त्री भएको अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेन जी मागलाई वास्ता नगरी चुनावको मात्रै रटान लगाए उनीहरूको आरोप छ ।
विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाउन जाँदा सिंहदरबार प्रवेश गर्न नपाएका मिराज ढुंगाना नेतृत्व को गरिखान देउ अभियानले सिंहदरबार र बालुवाटारमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै पटक पटक प्रदर्शनी गर्दै आएको छ ।
संक्षिप्त मागहरु
१. हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर।
२. स्थिर सरकारका लागी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर।
३. बिदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर।
४. जेन जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर।
५. सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर।
६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारवाही गर। २४ गतेको घटनालाई निष्पक्ष छानविन गरी दोषी उपर कडा कारवाही गर।
७. जेन-जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू
फिर्ता गर र विधिको शासन कायम गर।
८. प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुन्याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्सरचना गर।
९. यी कुराहरु संविधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संबिधान सुधार गरी मात्र अर्थपूर्ण चुनाव तर्फ लाग।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच