काठमाडौं । चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको डे–नाइट खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १२० रनको योगफल बनायो।
दुवै टोली प्लेअफ होडबाट पहिले नै बाहिरिसकेकाले यो खेल प्रतिष्ठामूलक मात्र बनेको छ।
चितवनका लागि देव खनालले ३५ रनको योगदान दिए।
त्यस्तै एनपीएलमा डेब्यु गर्दै रहेका युगान्डाका अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन जोड्दै उत्कृष्ट प्रदर्शन देखाए।
कप्तान कुशल मल्लले २३ तथा सैफ जैबले १७ रन थपे।
सुरुआती ७ रनमै ३ विकेट गुमाएर दबाबमा परेको चितवनका लागि देव खनाल–सैफ जैबले ३८ रनको साझेदारी गर्दै पारी सम्हाले। जैब आउट भएपछि देवले कप्तान कुशलसँग २५ रन, र कुशलले राम्जानीसँग ३९ रनको साझेदारी गरे।
बलिङतर्फ पोखराका धनञ्जय लक्षनले ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए।
त्यस्तै विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट हात पारे।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच