रौतहट । रौतहटमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा पिडित पक्ष द्वारा राजमार्ग अबरुद्ध गरेर गरिएको प्रदर्शन प्रहरीको सक्रियताले राजमार्ग आवत जावत सुरु भएको छ ।
रौतहटको गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत चन्द्रपुर नगरपालिका वडा नं। ६ मोतियाही पुल नजिक साँझ करिब पौने चार बजे भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक वृन्दावन नगरपालिका वडा नं। २ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ४२४० मोटरसाईकल एकआपस ठोक्किँदा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक वृन्दावन नगरपालिका वडा नं २ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो। भने मृतक पटेलको तीन जना छोराछोरी घाईते भई अहिले उपचारको क्रममा रहेको छ ।
पिडित पक्षले क्षतिपूर्ति सहित कडा कार्यवाहीको लागि शनिबार चन्द्रनिगाहपुर स्थित ईलाका प्रहरी कार्यालय नजिक पुर्वपश्चिम राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरि प्रदर्शन गरेका थिए ।
रौतहट प्रहरीले अबरुद्ध बाटो खुलाउन माईकिंग गर्दै भिडलाई तितरबितर पारेर अबरुद्ध राजमार्ग आवतजावत सुरु भएको प्रहरीले जानकारी दिएको छ । पिडित पक्ष द्वारा गरिएको प्रदर्शन पछि चन्द्रपुरको अवस्था तनावग्रस्त बनेको थियो भने अहिले अवस्था समान्य रहेको रौतहट प्रहरीले जनाएको । चन्द्रपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका् बाक्लो उपस्थित रहेको थियो ।
दुर्घटनामा परेको दुबै सवारी साधन र बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा नियन्त्रणमा राखिएको डिएसपी बस्यालले जानकारी दिनु भएको







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच