नेपालगञ्ज । आठौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि अच्युतकृष्ण खरेलले जित्नुभएको छ । उपाधिसँगै खरेलले २५ हजार पुरस्कार पाउनुभएको छ । ३६ किलोमिटरको एमटिबी खुला दौडमा मुकेश थारु द्वितीय र देव बोहरा तृतीय हुनुभयो । उहाँहरूले क्रमशः १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नुभयो । २५ किलोमिटरको एमटिबी खुला महिलातर्फ एसी श्रेष्ठ प्रथम हुनुभयो । सीता कार्की द्वितीय र निशा थारु तृतीय हुनुभयो ।
यो विधामा प्रथमले २० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार पुरस्कार प्राप्त गरे । ४५ वर्षमाथिकालाई समेटिएको एमटिबी मास्टर (भेट्रान) मा दीपक मल्ल प्रथम, अशोक दीक्षित द्वितीय र थोमेसबहादुर बोहरा तृतीय हुँदै १५ हजार, १० हजार र ७ हजार पुरस्कार प्राप्त गर्नुभयो ।
बाँकेका खेलाडीले मात्रै सहभागी हुन पाउने दुईवटा विधा राखिएको थियो । जसको पुरुषमा २२ किलोमिटर र महिलाको १६ किलोमिटर दौड रहेको थियो ।
यसमा पुरुषतर्फ विनोद यादव प्रथम, जुगलाल थारु द्वितीय र लिखनप्रसाद थारु तृतीय हुनुभयो । महिलातर्फ सुमन बर्मा प्रथम, समिता थारु द्वितीय र मिनाकुमारी थारु तृतीय हुनुभयो । यो दुवै विधाका प्रथमले १० हजार, द्वितीयले सात हजार र तृतीयले पाँच हजार पुरस्कार प्राप्त गरे ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच