रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जेन जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा प्रहरीका सवारी साधनमा आगजनी र तोडफोड घटनामा संलग्न रहेको आशंकामा थप एक व्यक्तिलाई पक्राउ गरेको छ ।
रौतहट प्रहरीका अनुसार भदौ २४ गते भएको घटनापछि तोडफोड तथा आगजनीमा संलग्न व्यक्तिहरूको खोजतलास तथा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सोही क्रममा आपराधिक उपद्रव मुद्दामा रौतहट प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ४ का श्रीकान्त पाण्डेका छोरा ३० वर्षीय बिकी पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनु भएको छ ।
पाण्डेलाई पक्राउ गर्नका लागि रौतहट जिल्ला अदालत गौरबाट मंसिर १७ गते अनुमति लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरेको डिएसपी बस्यालले बताउनु भएको छ ।
उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ।
केही दिन अगाडि जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालयले चन्द्रपुर नगरपालिका वडा नं। ४ का ३२ वर्षीय दिपक बस्नेत र चन्द्रपुर नगरपालिका वडा नं। ८ का ४३ वर्षीय हरि नारायण चौधरीलाई बुधबार पक्राउ गरेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच