काठमाडौं । दयाहाङ राई स्टारर चलचित्र ‘मिरमिरे’ को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । चलचित्रले बाबुछोरीको भावनात्मक सम्बन्धको कथा पेश गर्छ । चलचित्रमा दयाहाङले एकल बाबुको भूमिका निर्वाह गर्नुभएको छ ।
टिजरमा बाबुछोरीको सम्बन्धमा आउने युवती (सिर्जना निङलेखु)को प्रवेशले आउने उतारचढावको कथा यसमा छ । चलचित्रमा प्रकाश सपुत पनि हुनुहुन्छ । त्रिकोणात्मक प्रेमसँगै बाबुछोरीको संवेदनालाई पेश गरिएको छ ।
चलचित्रलाई ‘कार्साङ’ डेब्यु निर्देशक याम शेर्पाले निर्देशन गर्नुभएको हो । अघिल्लो चलचित्रमा पनि शेर्पाले दयाहाङ र सिर्जनाको जोडी बाँध्नुभएको थियो । यार्सा फिल्मस्को प्रस्तुति रहेको चलचित्रको सहायक भूमिकामा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल हुनुहुन्छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको यस चलचित्रको सहनिर्मातामा गोविन्द बोहरा, सुदीप कुवँर हुनुहुन्छ । कार्यकारी निर्मातामा रोहित कट्टेल रहनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच