काठमाडौं । सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ गीत सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता र पूर्वराजदूत वरिष्ठ परराष्ट्रविद् हीरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विजय गुरुङको संगीत, तृप्ति खड्का गुरुङ र विजय गुरुङले गाएको ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिकपछि गीतका संगीतकार र गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले उक्त गीत गाउँदाको आफ्नो अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा समालोचक युवराज मैनाली र ‘शब्दपथ’का प्रधान सम्पादक वरिष्ठ आख्यानकार किशोर पहाडीले आ-आफ्नो समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
विशिष्ट अतिथि साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग तीसको दशकदेखि नै चिनजान भएको कुरा प्रष्ट पार्दै शुभकामना व्यक्त गर्नुभएको थियो । पत्रकार श्रीराम सिंह बस्नेतले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि श्रेष्ठ, सर्जक भीमफेदीयालगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच