काठमाडौं । चलचित्र ‘एक्लो’ को अमेरिकाको न्यूयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुनेभएको छ । हलिउडका केही विशिष्ट चलचित्रहरू र विश्वप्रसिद्ध कलाकारहरूको चलचित्रमात्र प्रिमियर हुने यस स्थानमा ‘एक्लो’ले सो अवसर पाएको हो ।
क्रिस्टोफर नोलनका विशेष फिल्म, मार्टिन स्कोर्सेजीका कृतिहरू, मार्वेल स्टुडियोजका विशेष प्रोजेक्टका साथै ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्कस, मेरिल स्ट्रिप जस्ता अन्तर्राष्ट्रिय स्टारका फिल्म प्रिमियर हुने सो स्थानमा एक्लोले पनि अवसर पाएको हो । चलचित्रको प्रिमियरको समय डिसेम्बर २८ तारिख तय भएको निर्देशक प्रदीप शाहीले जानकारी दिनुभयो ।
प्रिमियरमा चलचित्रका निर्देशक प्रदीप शाही, अभिनेता प्रदीप खड्का, विजय लामा, अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले सहभागिता जनाउनुहुनेछ । निर्देशक शाहीका अनुसार म्युजियम अफ द मुभिङ इमेजको हलमै प्रदर्शन हुनु नेपाली चलचित्रका लागि लागि ठूलो सम्मानको कुरा हो ।
साइन्स-फिक्सनमा आधारित ‘एक्लो’ सार्वजनिक प्रदर्शन पुस १७ गतेदेखि नेपालसहित विश्वका केही देशमा हुँदैछ । निर्देशक शाही निर्देशित यो तेस्रो चलचित्र हो ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत कलाकारको अभिनय छ । साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिकामा चलचित्रमा देख्न सकिन्छ ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुनुहुन्छ । चलचित्रमा छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच