हेटौंडा । मानव अधिकार र सामाजिक न्यायका लागि इन्सेक अभियान अन्तर्गत इन्सेक बागमती प्रदेश, काठमाडौंको आयोजनामा मानव अधिकार रक्षकहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम हेटौंडामा सुरु भएको छ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश प्रमुख शिव खकुरेल, मानव अधिकार आयोगका मानव अधिकृत नवलकिशोर सिंह, प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका सह–संयोजक नातीबाबु धिताल, सचिव सरिता दाहाल, अधिकृत तथा सल्लाहकार अप्सरा बस्नेत, एनजीओ महासंघ प्रदेश समितिका अध्यक्ष कमलकुमार विश्वकर्मा, उच्च अदालतका अध्यक्ष मनप्रसाद भट्टराई, इन्सेक प्रअलेख अधिकृत बरुण बस्याललगायत प्रदेशभर मानव अधिकारका मुद्दामा काम गर्ने प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अधिवक्ता अप्सरा बस्नेतले मानव अधिकार तथा महिला अधिकारका विषयमा विस्तृत प्रस्तुतीकरण दिँदै समानुभूति, समान ज्याला, समान मूल्यांकन, समान सहभागिता, हिंसा अन्त्य तथा गैरपक्षपाती व्यवहारजस्ता विषयमा प्रकाश पार्नुभएको थियो।
त्यस्तै, इन्सेकका प्रअलेख अधिकृत बरुण बस्यालले विभिन्न विषयमा प्रस्तुतीकरण दिनुुुभएको थियो ।
इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकार रक्षकको अवस्था तथा चुनौतीबारे जानकारी दिँदै २०२४ मा बागमती प्रदेशमा मात्रै ४५ जना मानव अधिकार रक्षक पीडित भएको बताउनुभयो । इन्सेकको केन्द्रीय तथ्यांकअनुसार तीन वर्षमा देशभर १८६ जना मानव अधिकार रक्षक पीडित भएको र तीमध्ये अधिकांश पत्रकार रहेको उल्लेख गर्दै उहाँले विधिको शासन बलियो नहुनु प्रमुख चुनौती भएको बताउनुभयो ।
खकुरेलले महिला मानव अधिकार रक्षकका चुनौती, जोखिम, राज्यको जिम्मेवारी, रक्षकले पालना गर्नुपर्ने सिद्धान्त तथा आचरण, जोखिम न्यूनीकरणका उपायलगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। साथै, २०७७ सालमा गृह मन्त्रालयले मानव अधिकार रक्षकको सुरक्षा जिम्मेवारी सिडिओ कार्यालयलाई दिएको जानकारी पनि साझा गर्नुभएको थियो।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्माले दलित समुदायको मानव अधिकारको अवस्था तथा जातीय भेदभाव र छुवाछुत (कसुर तथा सजाय) ऐनसम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो।
सिविनका प्रवन्ध झबिन्द्र ज्ञावलिले बाल–यौन दुर्व्यवहार र वैचारिक स्पष्टता विषयमा प्रस्तुतीकरण दिनुुुभएको थियो।
दुई दिने तालिममा सहभागीहरूले मानव अधिकार सुरक्षाको समसामयिक अवस्था, चुनौती र समाधानका उपायबारे सिकाइ प्राप्त गर्ने बताइएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच