काठमाडौं । चीनको स्थानीय सरकार साना तथा मझौला उद्यमीले नेपाली व्यवसायीसँग सहकार्यका लागि चासो देखाएका छन् । चीनको ग्वाङदोङ प्रान्त सरकार र त्यहाँका साना तथा मझौला व्यवसायीले नेपालका व्यवसायीहरूसँग सहकार्य र व्यापार प्रवद्र्धनमा चासो देखाएका छन् । नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधिमण्डलले संघीय तथा प्रदेश सरकारका मन्त्री र सचिवहरूसँग भेटेर साना तथा मझौला व्यवसाय प्रवद्र्धनका लागि सहकार्य गर्न इच्छुक रहेको बताएका हुन् ।
चीनको ग्वाङदोङ प्रान्तका उद्योग, सूचना तथा प्रविधि विभागका उपमहानिर्देशक वान सुपिङ नेतृत्वको टोलीले साना तथा मझौला व्यवसायी महासंघ नेपालको समन्वयमा बागमती प्रदेशका उद्योगमन्त्री बिन्दु श्रेष्ठसँग भेट गरी सहकार्यको प्रस्ताव गरेको बताइएको छ । उपमहानिर्देशक वान सुपिङले नेपाली व्यवसायीद्वारा उत्पादित सामग्री अन्तर्राष्ट्रियकरण गरी बजार प्रवद्र्धनका लागि उपयुक्त अवसर प्रदान गर्न आफूहरू तयार रहेको बताउनुभएको थियो ।
चिनियाँ टोलीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र संघीय सरकारको उद्योग मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेको थियो । साना तथा मझौला व्यवसायी महासंघ नेपालका पदाधिकारी तथा व्यवसायीहरूसँगको छलफलका क्रममा उपमहानिर्देशक वान सुपिङले नेपाली व्यवसायीले उत्पादन गर्ने सामानको माग चीनमा अत्यधिक रहेको भन्दै बजार विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
उहाँले दुर्ई देशबीचको व्यवसाय प्रवद्र्धनका साथै सीप तथा प्रविधि आदानप्रदानमा पनि चासो राख्नुभएको बताइएको छ । सो अवसरमा महासंघ अध्यक्ष इनु पौडेलले नेपाली व्यवसायीलाई चीनका औद्योगिक मेलामा विशेष प्राथमिकता दिएर सहभागिताका लागि सहजीकरण गर्न आग्रह गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच