काठमाडौं । जेन-जी समूहले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेको छ । उक्त समूहले विभिन्न २८ मागसहित बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेको हो । शुक्रबार बोर्ड अध्यक्ष श्रेष्ठलाई भेटेर जेन-जी रिभोलुसन नेपालका सह-संयोजक अर्जुन शाहीको टोलीले २८ बुँदे ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रको पहिलो नम्बरमै बोर्ड अध्यक्ष श्रेष्ठले सुधारको काम गर्न नसकेको भन्दै सुधारको काम गर्न २१ दिनको समय दिइएको छ । उक्त समयभित्र सुधारका काम गर्न नसके स्वैच्छिकरूपमा राजीनामा दिनुपर्ने माग रहेको छ ।
नेप्से कारोबारको समय साँझ पाँच बजेदेखि बेलुका नौ बजेसम्म कायम गरिनुपर्ने, गैरआवासीय नेपालीहरूलाई दोस्रो बजार प्रवेश गर्न नीतिगत व्यवस्था गरिनुपर्ने, बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये २० प्रतिशत कर्जा सेयर धितोका रूपमा प्रयोग गर्न पाउनुपर्नेलगायतका माग रहेका छन् । ज्ञापनपत्र बुझाउँदै जेन-जी रिभोलुसनका सह-संयोजक शाहीले काम गर्न नसके विवादित अध्यक्षले राजीनामा दिनुपर्ने बताउनुभयो ।
बोर्ड अध्यक्ष श्रेष्ठमाथि धितोपत्र बोर्डबाट आइपिओ स्वीकृतिका लागि अनिवार्य कमिसन उठाउने गरेको आरोप लाग्दै आएको छ । विशेषगरी हाइड्रोपावर क्षेत्रको आइपिओ स्वीकृतिमा साना हाइड्रोपावरको सात प्रतिशत र ठूला हाइड्रोपावरको पाँच प्रतिशत कमिसन लिने गरेको आरोप उहाँमाथि रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले बोर्ड अध्यक्ष श्रेष्ठले बिचौलिया प्रयोग गरेर रिसवत (घुस) माग गरेको दाबी गर्दै आएको छ । बोर्ड अध्यक्ष श्रेष्ठले नियुक्तिका लागि अर्बौं रुपैयाँ खर्च गरेको र सो दायित्व पूरा गर्न कमिसन बार्गेनिङ गर्ने गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच