काठमाडौं । भारतलगायत दक्षिण एसियामा सडक सुरक्षा एवं जनचेतना फैलाउँदै आएको संस्था सेफ ड्राइभ इण्डिया र नेपालमा विगत केही वर्षदेखि सडक सुरक्षा तथा चेतनामूलक कार्यमा जोडिँदै आएको कम्पनी दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलबीच नेपालमा सोही विषयको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सेफ ड्राइभ इण्डियाका संस्थापक धिरेन्द्र सायामिन र दादा ड्राइभिङका निर्देशक मिना दाहाल न्यौपानेले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
विश्वमा दैनिक सरदर ३५ सयजनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । नेपालमा पनि तथ्यांक कहालीलाग्दो छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै २२ सय ६७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।
ट्राफिक नियमको ज्ञानमा कमी हुनु र ज्ञान भएकाले पनि इमानदारितापूर्वक पालना नगर्नाले ठूला दुर्घटना हुने गरेको बताउनुहुन्छ सायामिन । प्रत्येक विषयमा सरकारको ध्यान जान र सरकारले मात्रै गर्नुपर्छ भत्रे सम्भव नरहेकाले आफ्नो संस्थाले थोरैमात्र भए पनि सो क्षेत्रको काम गर्ने उहाँको भनाइ थियो ।
आगामी दिनमा विभित्र सरोकारवालासँग मिलेर नेपालमा सडक सुरक्षा तथा जनचेतनाका कार्यक्रम सञ्चालन गरिने दादा ड्राइभिङकी निर्देशक दाहालले बताउनुभएको छ । दुर्घटना न्यूनीकरण गर्न र एकजनाको मात्रै पनि ज्यान जोगाउन सके कार्यक्रम सफल हुने उहाँको भनाइ थियो । सोही अवसरमा सेफ ड्राइभ इण्डियाले दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलको टोलीलाई डिफेन्सिभ ड्राइभिङको तालिम तथा प्रमाणपत्रसमेत प्रदान गरेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच