मैले चिनेका प्रकाश तिवारी सरल, मृदुभाषी व्यक्ति । विकृति र विसंगतिविरुद्ध तीव्रतर प्रहार गरेर कलम चलाउने व्यक्ति । उनको जहिल्यै यो क्षेत्रमा दृढतापूर्वक कलम चलाउने स्वभावको फ्यान हुँ । साहित्यको सबैभन्दा चर्चित विधा आख्यानमा उपन्यास धेरै पढिने गरिन्छ । उनले यसअघि ‘परित्यक्त, निलोफर र निहारिका’ उपन्यास ल्याइसकेका छन् । यो उनको चौथो उपन्यास हो ।
सार्वजनिक सेवा प्रवाह र सुशासनमा महारोगको रूपमा फैलिएको विषय हो भ्रष्टाचार । बास्तवमा यो चुनौतीको रूपमा रहेको छ । हाम्रोमा अनियन्त्रित रूपमा विभिन्न स्वरूपमा बढ्दै गएको छ । सरकारी सेवा प्रदायक संस्थामा हुनेगरेका भ्रष्टाचारको जालो नजाँनिदो तर गम्भीर रूपमा फैलिएको छ । यस्तो गम्भीर विषयमा अध्ययन गरी मिहीन ढंगले कलम चलाउन सफल देखिएका छन् तिवारी ।
सहज र सरल भाषाशैलीले उपन्यासमा प्राण भरेको छ । संवादहरू सुन्दर छन् । उपन्यास शिल्प उत्कृष्ट छ । शीर्षक चयनमा बौद्धिकताले काम गरेको छ । विषय विन्यासमा कौशलता देखाएका छन् तिवारीले । पाठकलाई यथार्थबोध गराउने इमानदार प्रयास गरिएको छ । कलासंयोजन पक्ष सह्रानीय छ । समय र परिवेश प्रतिबिम्बित विषयवस्तुमा लेखिएको उपन्यास सुसंगठित नै देखिन्छ । भाषिक संरचनामा खोट लाउने अवस्था देखिन्न ।
झण्डै चार दशक निजामती सेवामै जीवन व्यतीत गरेका तिवारीले त्यहाँभित्रका विकृत पक्षहरू आफ्नै आँखाले नियालेका छन् । नेतृत्वमा आएको चारित्रिक विशृंखलता र यसले कर्मचारीतन्त्रमा पारेको नकारात्मक असर मज्जैले उजागर गरेका छन् । समकालीन समाजमा यत्रतत्र व्याप्त भ्रष्टाचारका जटिलताहरू र तिनैको सेरोफेरोका परिवेशलाई उपन्यासले चित्रण गरेको छ । तिवारीको औपन्यासिक धरातल हेर्दा वर्तमान समाजको यथार्थलाई सत्यापन गरेको देखिन्छ । यो विगतदेखि वर्तमानसम्म नेपाली समाजमा जताततै व्याप्त भ्रष्टाचारलाई मुख्य कथानकता बनाएर बुनिएको उपन्यास हो । उपन्यास यथार्थपरक लाग्छ । यसमा गरिएका समकालीन घट्ना र परिस्थितिको मज्जाको चित्रण पठनीय छ ।
तिवारीले उपन्यासमार्फत वास्तविकताको उजागर गरेका छन् । राजनीतिज्ञमा भएका भ्रष्टीकरण, चरित्रमा आएको स्खलनलाई समेत उपन्यासले औंल्याएको छ क्रान्तिकारीता कसरी भ्रष्टाचारको दलदलमा परेर चारित्रिक विसर्जनतिर पुग्छ भन्नेसमेत उपन्यासले प्रष्ट देखाएको छ । राजनीतिक नेतृत्वको अदुरदर्शिता, गैह्रराजनीतिक चरित्र, सत्ताको दुरुपयोगबाट गरिएका कुकृत्यहरूलाई उजागर गर्न उपन्यास सफल भएको छ । मान्छेका मूल्य र मान्यतामा भ्रष्टीकरणले कसरी स्खलित गराउँछ भन्ने सार्थक चित्रण गरिएको छ । स्थायी सरकार मानिने प्रशासन क्षेत्रमा कसरी भ्रष्टाचार मौलाउँछ भन्नेतर्फ पनि उपन्यास अभिव्यञ्जित भएको देखिन्छ ।
कर्मचारीतन्त्रभित्र मौलाएका विकृति र विसंगतिलाई नजिकबाट देखेभोगेका उपन्यासकारले सोही विषयको सत्यापन गर्न खोजेका जस्तो देखिन्छ । कुनै पनि मान्छे जन्मिँदै खराव आचरण लिएर जन्मिँदैन तर उसलाई विभिन्न परिवेश, सम्बन्ध, आवश्यकता, सम्पर्क, सरसंगतलगायत कुराले खराव र भ्रष्ट बनाउँछन् भन्ने सन्देश पनि उपन्यासले दिएजस्तो लाग्छ । समाजका विभिन्न क्षेत्रमा सदाचार, आदर्श र नैतिकता मर्दै गएकोतर्फ उपन्यासले संकेत गरेको छ । उपन्यासलाई दृष्टिगत गर्दा यथार्थवादी धरातलमा कथा बुनिएजस्तो लाग्छ । वर्तमान समयको सामाजिक वास्तविकताको वरिपरि उपन्यास घुमेको जस्तो लाग्छ ।
समाजमा व्याप्त बेथितिको विरुद्ध एक स्रष्टाले सुन्दर ढंगले कलम चलाउनु सह्रानीय पक्ष हो । समयावधीको कुरा गर्नुपर्दा परिवर्तीत राजनीतिक प्रणालीपछि अर्थात् निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको बहालीपछिको कथा देखिन्छ । ०४६ सालपछिका राजनीतिक नेतृत्व र तिनको स्थायी सरकार कर्मचारी प्रशासनका विकृतिहरू यसमा परेका छन् । सदाचारको वर्खिलापमा कम्मर कसेर लागेको वर्तमान युगको प्रतिनिधित्व गर्छन् यस कृतिका मुख्य पात्रहरू ले ।
स्वभाविक लाग्छ मूल कथा-वर्तमान भ्रष्टिकृत समाजको जिउँदो जाग्दो समस्या भ्रष्टाचारको नालीवेली । मूल पात्र हो–विज्ञान आचार्य जसको वरिपरि कथा घुमेको छ । यसैगरी अन्य पात्र रहेका छन्-सामना, चमनलाल, शेखर, राजीव, लक्ष्मण, आलोक, सुशीला । यिनीहरू कहिँ न कतै उपन्यासमा आइहाल्छन् । चमनलालको आपराधिक सञ्जालको चर्चा पनि त्यहाँ गरिएको छ, जहाँ राजनीतिज्ञ र विभिन्न गिरोहसमेतको सम्बन्ध हुन्छ । चर्चा छ-वामपन्थी राजनीति नेपालको । यही राजनीतिबाट दीक्षित पात्र विज्ञान । पढाइमा अब्बल छ । समाज परिवर्तनको हुटहुटी बोकेको । उसको सरकारी सेवा प्रवेश । पत्निको इच्छा, चाहनाको पूर्तिको निम्ति हिजोको उसको परिवर्तनको हुटहुटी, प्रगतिशील विचार सबै धुलिमाटी हुन्छ । सुशासन र इमानदारीतालाई आफ्नो मार्गदर्शन ठान्ने नायकले कसरी श्रीमतीको आग्रह र आवश्यकता पूर्तिका लागि गन्तव्य परिवर्तन गर्छ भन्ने चित्रण गर्न खोजिएको छ । ऊ सुशासन त्यागेर भ्रष्ट भएर कमाउ अभियानमा लाग्छ ।
उपन्यासमा पात्रहरू सकारात्मक र नकारात्मक दुबै दृष्टिकोणले आएका देखिन्छन् । आख्यानक्षेत्र हेर्दा देशको विभिन्न सरकारी कार्यालय छन् । कर्मचारीतन्त्रलाई कथाको मूल तत्व र भ्रष्टाचारलाई मूल विषयवस्तु बनाइएको छ । सामाजिक परिवेशबाट निर्मित चरित्रविपरीत भाव र प्रवृत्तिका पात्रहरू रहेका छन् । परिवेश कमाउ धन्दालाई बनाइएको छ । नारीपात्रको प्रवलता र द्वन्द्वलाई पनि देखाइएको छ । व्यक्तिका अभाव र महत्वाकांक्षाले उत्पन्न मनोदशा भ्रष्टाचार गर्ने परिवेश बनेको जस्तो देखिन्छ । उपन्यासले पाठकलाई मज्जैले तान्छ । समाजमा आएका नैतिक मूल्य र मान्यताको ह्रासले कुशासन पैदा भएको तर्फ पाठकलाई उपन्यासले नजानिँदो ढंगले झक्झकाएको छ ।
तर, उपन्यासमा अलिअलि कतै अपत्यारिला प्रसँगले समेत स्थान पाएका छन् । श्रीमान्लाई सत्मार्गमा लागेको मन पराउने आफ्नो विचारप्रति बलशाली बनेर उभिएकी नायिका सामनाको भूमिका पछि श्रीमान्लाई भ्रष्ट बनाउन बाध्य बनाउने तहसम्म पुगेकी देखिन्छे । केही-केही कुरामा अलिकतै तारतम्यता नमिले जस्तो आभास भने मलाई भएकै हो । पात्र विज्ञान र सामनाकी छोरी एकै पटक पाँच वर्षकी देखाइनु, अदालती प्रक्रियाको निष्कर्ष नदेखाइनु तर एकैपटक राष्ट्रिय अवसरमा उसलाई कैद मिनाहा दिइएको देखाइनुले उपन्यासले अलिक खल्लो महसुस गराउँछ । यसैगरी कर्मचारीतन्त्रका सकारात्मक कुरातर्फ उपन्यासले दृष्टिचेत गरेजस्तो लाग्दैन् । विभिन्न घट्नाक्रम अघि बढ्दा कताकता बरालिएको जस्तो भानपर्छ ।
नेपालमा यत्रतत्र क्यान्सर झैं फैलिएको भ्रष्टाचारमाथिको समाजशास्त्रीय दृष्टिकोण हो उपन्यास । सत्यताको निकट भएर लेखिएको आख्यान । वर्तमान निजामती सेवाको विद्रुप चित्र कोर्न सफल आख्यान । विचार पक्षले बाजी मारेको हुँदा कलापक्षमा केही छैन् भन्न खोजिएको चाहिँ होइन् । कलात्मक बनाउने उनको प्रयास सह्रानीय छ ।
जे होस्, नेपालमा यत्रतत्र क्यान्सर झैं फैलिएको भ्रष्टाचारमाथिको समाजशास्त्रीय दृष्टिकोण हो उपन्यास । सत्यताको निकट भएर लेखिएको आख्यान । वर्तमान निजामती सेवाको विद्रुप चित्र कोर्न सफल आख्यान । विचार पक्षले बाजी मारेको हुँदा कलापक्षमा केही छैन् भन्न खोजिएको चाहिँ होइन् । कलात्मक बनाउने उनको प्रयास सह्रानीय छ । शिल्पको हिसाबले उच्च कोटिको यो उपन्यासले नेपाली समाजको भ्रष्टीकरण कुन तहमा कसरीसम्म हुनसक्छ भन्ने कुरालाई देखाएको छ ।
सहज र सरल भाषाशैलीले उपन्यासमा प्राण भरेको छ । संवादहरू सुन्दर छन् । उपन्यास शिल्प उत्कृष्ट छ । शीर्षक चयनमा बौद्धिकताले काम गरेको छ । विषय विन्यासमा कौशलता देखाएका छन् तिवारीले । पाठकलाई यथार्थबोध गराउने इमानदार प्रयास गरिएको छ । कलासंयोजन पक्ष सह्रानीय छ । समय र परिवेश प्रतिबिम्बित विषयवस्तुमा लेखिएको उपन्यास सुसंगठित नै देखिन्छ । भाषिक संरचनामा खोट लाउने अवस्था देखिन्न ।
यसैगरी कर्मचारीतन्त्रलाई भ्रष्टाचार नगरौं भन्ने भावनाको सञ्चार कृतिको अध्ययनले गर्नसक्छ । सेवाग्राही जनतालाई भ्रष्टाचारमा मौनता तोड्न उपन्यास सहयोगी हुने देखेको छु । नयाँ पुस्तालाई सोच्न, मनन् गर्न बाध्य बनाउँछ उपन्यासले । आमनेपालीलाई स्थायी सरकारको हरूक्षेत्रमा कहिँ न कतै, कुनै न कुनै ढंगले भ्रष्टाचार हुँदै गरेको छ भनेर सूसुचित गराउने उपयुक्त माध्यम साहित्य रोजेका उपन्यासकार तिवारीलाई कृतिका लागि हार्दिक बधाई ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर