समाचार सारांश
-
गोवास्थित चर्चित नाइट क्लबमा ग्यास सिलिन्डर विस्फोटपछि भीषण आगलागी भयो।
-
दुर्घटनामा २३ जनाले ज्यान गुमाए, अधिकांश क्लबका कर्मचारी र केही पर्यटक थिए।
-
आगो भुइँतलाको भान्सा क्षेत्रबाट सुरु भएको प्रहरीले जनाएको छ।
-
सुरक्षा मापदण्ड र क्लबको व्यवस्थापनबारे प्रश्न उठेका छन्।
काठमाडाैं । गोवामा रहेकाे एक चर्चित नाइट क्लबमा भएको भीषण आगलागीले ठूलो जनधनको क्षति पुर्याएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट भएपछि आगो फैलिँदै गएर कम्तीमा २३ जनाको मृत्यु भएको छ।
तटीय क्षेत्रमा अवस्थित सो क्लब राति निकै भीड हुने स्थान मानिन्थ्यो। आगलागीका कारण ज्यान गुमाउनेमध्ये अधिकांश त्यहीँ काम गर्ने कर्मचारी भएको र केही विदेशी तथा भारतीय पर्यटक पनि परेको बताइएको छ।
शनिबार मध्यराततिर क्लब सञ्चालन भइरहेका बेला अचानक भान्साबाट तेज आवाजसँगै आगो भडकिएको प्रहरीले जनाएको छ। प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा आगो लागेको हो। घटनास्थलमा पुगेको प्रहरी र उद्धार टोलीले सबैभन्दा धेरै शव भान्सा क्षेत्र र त्यस वरपरबाट संकलन गरेको बताएका छन्।
आगो नियन्त्रणमा लिन केही घण्टा लागेको र क्लबमा रहेका सामग्री अत्यधिक ज्वलनशील भएकाले आगो झन् फैलिएको स्थानीय अधिकारीको भनाइ छ। घटनापछि प्रहरीद्वारा थप अनुसन्धान सुरू भएको छ भने सुरक्षा मापदण्डबारे पनि प्रश्न उठ्न थालेका छन्। गोवाका पर्यटकीय क्षेत्रमा भइरहेका नाइट क्लबहरूको सुरक्षा अवस्थामाथि यस घटनाले गम्भीर चर्चा सुरु गरेको जनाइएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच