काठमाडाैं । ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले शानदार प्रदर्शन गर्दै रियल बेटिसलाई ५–३ ले हराएको छ। खेलको सुरुवातमै छैटौँ मिनेटमा एन्टोनीमार्फत बेटिसले बढत लिएको थियो। तर त्यसको धेरैबेर नलग्दै ११औँ मिनेटमा फरान टोरेसले बराबरी गोल फर्काए।
टोरेसले त्यसपछि १३ र ४० मिनेटमा थप दुई गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरे।
दोस्रो हाफमा पनि बार्सिलोना आक्रमक रह्यो। ५९औँ मिनेटमा लामिन यामलले पेनाल्टीमार्फत गोल गर्दै स्कोर ५–१ बनाइदिए। अन्त्यतिर बेटिसले प्रयास बढाए र ८५औँ मिनेटमा टिएगो लोरेन्टे तथा इन्जुरी टाइममा कुचो हर्नान्डेजले पेनाल्टीबाट गोल गरे पनि जित भने बार्सिलोनाले सहजै आफ्नो पक्षमा राख्यो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर