पाल्पा । जिल्लाको रामपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायता सामग्री दिएको छ । अपाङ्गता भएका ६ जनालाई परिचय पत्र १ जना श्रवण शक्ति कम भएका व्यक्तिलाई श्रवण सहायता सामग्री वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो-“अपाङ्गता भएका व्यक्तिहरुको सहजता र राहतका लागि कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा सास्तीसँगै समस्या झेल्नु परेको छ, उहाँहरुको सहजताका लागि हामीले सहजिकरण र सहयोग गरेका हौं ।” नगर प्रमुख थापाले फरक क्षमता भएका व्यक्तिहरुलाई समाज र राष्ट्र सबैले सम्मानजनक व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले शारिरिक रुपले अशक्त भए पनि उच्च मनोबलका साथ काम गर्न सके अरुमा निर्भर हुन नपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- “म अपाङ्ग छु भनेर आफुलाई कमजोर नसोच्नुस ,उच्च मनोबलका साथ अगाडि बढ्नुस नगरपालिका संधै तपाईहरुको साथामा छ र तपाईहरुलाई सहयोग गर्छ ।”
उहाँले अपाङ्गता भएका व्यक्तिहरुका लागि नगरपालिकाले अपाङ्गमैत्री भवन निर्माण गरेको र उक्त भवनबाट फरक क्षमता भएका व्यक्तिहरुलाई रोजगारीसँगै निःशुल्क आवासको व्यवस्था गरेको बताउनुभयो । नगरपालिकाले एउटा रातो, २ वटा निलो र ३ वटा पहेँलो अपाङ्गता परिचय पत्र वितरण गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच