काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता प्रक्रिया सुरु गरेको छ। प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित ११ जना निवर्तमान सांसदहरूले आइतबार सर्वोच्चमा रिट पेस गर्नुभएको हो ।
उहाँहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापना र त्यससँग सम्बन्धित संवैधानिक व्याख्याको माग गर्दै रिट पेश गरेको घिमिरेले बताउनु भयो। “हामीले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग राखेर आज रिट दिएका हौं,” घिमिरेले भन्नुभयो । पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत सांसदहरूको हस्ताक्षरसहित रिट पेस गरिएको हो।
सर्वोच्च अदालतका सह–रजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट पेस भइसके पनि दर्ता प्रक्रिया पूरा भएको छैन। “अध्ययनको क्रममा छ, दर्ता भएको छैन,” उहाँले जनाउनु भयो ।
यसअघि शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच महाराजगञ्जमा भेट भएको थियो। प्रतिनिधि सभा पुनर्स्थापना माग राख्दै एमालेले पनि यसअघि सर्वोच्चमा रिट दर्ता गरिसकेको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच