काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आईतवार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो प्रतिक्रिया दिनुभएको हो । आफूहरुले प्रतिनिधि सभा नभएपनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिएपनि सो अनुसार काम हुन नसकेको सभामुख घिमिरेको गुनासो थियो ।
उहाँले संसदका कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुनलगायतका व्यवस्था गर्न संसद एकेडेमी आवश्यक रहेको समेत बताउनु भयो । सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसदलाई स्थापित गराउने काममा लाग्न पनि ढिलाई गर्न नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अब अहिले हामीले माग गर्दा पनि राष्ट्रिय सभाको अधिवेशन बोलाईराखिएको छैन । त्यो त स्थायी प्रकृतिको हो नि । त्यसको सम्माननीय अध्यक्षज्यु यही हुनुहुन्छ । अब यिनीहरुलाई कसरी चलाउने भन्ने बारेमा पनि आजकै दिनबाट ठोस निकास दिन सकियोस । पुरानै परम्पराबाट जे व्युरोक्रेसी चल्दै आयो । २०५८ साल अघि निजामतीबाट पठाइएको कर्मचारीबाट काम चलाइयो । अहिले संसद सेवा दिवस छुट्टै मनाएपनि यसको विशेषता, विज्ञता के हो ? यसको दायित्व के हो ? यसलाई प्रभावकारी बनाउने विषयमा कसरी जानुपर्छ भन्ने कुरामा के कस्तो संशोधन गर्ने हो, सेवा सुविधालगायतको विषयमा यथार्थपरक ढंगले अध्ययन गर्दै जाने र त्यसको आधारमा व्यवस्थापन गर्दै जाने कुराहरुम गर्नु धेरै जरुरी छ । संसदको देशको आवश्यक्ता अनुसार स्थापित गर्ने, प्रभावकारी ढंगबाट लैजाने र बनेका कानूनहरुलाई कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्न बाध्य गर्ने, विवश बनाउने काम गर्नुपर्दछ ।’
सभामुख घिमिरेले संसद सचिवालयको पदाधिकारी नियुिक्तको विषयमा पनि गम्भिर छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच