काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट इन्टरनेसनल कलेजले जितेको छ । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोयल स्पोट्र्स सेन्ट्रलको व्यवस्थापनमा भएको प्रतियोगितामा आइतबार भएको फाइनलमा गोल्डेन गेटले जेभियर इन्टरनेसनल कलेजलाई ४०-१५ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
गोल्डेन गेटका लागि एञ्जल गुप्ताले सर्वाधिक १८ अंक स्कोर गर्नुभयो । उहाँ प्रतियोगिता मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनुभयो । यस्तै, आइतबारै तेस्रो स्थानका लागि भएको खेलमा ल्याण्डमार्क एकेडेमीले ब्लुबर्ड कलेजलाई २७-१७ ले हरायो । ल्याण्डमार्ककी अनिशा खत्रीले सर्वाधिक १२ अंक स्कोर गर्नुभयो ।
प्रतियोगिताको विजेता गोल्डेन गेटले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, उपविजेता जेभियरले १५ हजार हात पा¥यो । एञ्जलले १० हजार हात पार्नुभयो । प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच