काठमाडौं । उपेन्द्र पन्तको शब्द रचना, स्वर र संगीत रहेको गीत ‘न तिमीले देख्ने न मैले देख्ने’ सार्वजनिक भएको छ । बोम खत्रीको निर्देशनमा तयार भएको यो गीतको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा निर्माता सोनम ग्याल्सो र थापा सरकार रहनुभएको छ । गीतको भिडियोमा आर्चर पन्त, जुना विश्वकर्मा, टाशी लामा, विश्वास नेपाली, रचना बस्नेत, प्रभास लिम्बुलगायतका कलाकारको अभिनय छ ।
विकाश मगरको छायांकन, सम्पादन तथा कलर रहेको गीतको भिडियोमा आफ्नो नियमित सेवाका क्रममा एक डाक्टर दुर्गम गाउँ पुगेर त्यहाँकी युवतीसँग जन्मिएको माया-प्रेमलाई केन्द्रमा राखिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच