काठमाडौं । श्रीराम राईको शब्द रचना रहेको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको छ । पेमा शेर्पा राईको स्वर, ओमप्रकाश राईको संगीत, सन्तोष प्रगाढ राईको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको लिरिकल भिडियोलाई भीरेन्द्र भाट ‘विपिन’ले सम्पादन गर्नुभएको हो । मायाले पारेको चोट, बिछोड र टाढिँदै गएका सम्बन्धबीच पनि ‘फूलझैँ हाँसी–खुशी रहनू’ भन्ने सन्देश गीतले बोक्छ ।
गीतकार राईका यसअघि दुई गीत रेकर्ड भइसकेका छन् । २०७५ सालमा रेकर्ड भएको ‘मधुमासमै मीठो साथ छुटेपछि रोए’ गीतलाई अभिनेत्री तथा गायिका शिला खनालले स्वर दिनुभएको छ । त्यस्तै २०७९ सालमा मनमा बी राईको स्वरमा रेकर्ड भएको ‘सञ्चो छौ बिसञ्चो’ गीतलाई २०८१ सालमा नवराज पराजुलीले पनि गाउनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७, सिर्जनाकुन्ज दोर्पा, खोटाङका गीतकार राई साहित्य, पत्रकारिता र गीतसंगीत तीनै क्षेत्रमा सक्रिय हुनुहुन्छ । बालसाहित्यतर्फ उहाँका ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) बालकथासंग्रह प्रकाशित छन् ।
लघुकथा लेखनमा पनि उतिकै दक्ष राई ‘लघुकथा सौन्दर्य’मार्फत विधागत उन्नयनमा सक्रिय रहँदै आउनुभएको छ । उहाँका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ सामूहिक लघुकथासंग्रह प्रकाशित छन् । साथै उहाँको संयोजन र विमल भौकाजीको सम्पादनमा ‘बलेँसी’ सामूहिक लघुकथासंग्रह हालै पाठकमाझ आएको छ । राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच